कप्तान किरण चेम्जोङलाई अर्को ठूलो सफलता

काठमाडौं।

नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवद्र्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन् । राखेपको ५९ औँ वार्षिक उत्सवको अवसरमा आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा तेक्वान्दोकी पलेशालाई सम्मान गरेको हो ।

विदेशी क्लबमा व्यावसायिक फुटबलदेखि २०७७ मा थ्री नेसन्स कपको उपाधि जित्दाका किरण नेपाली फुटबल टोलीका कप्तान समेत रहेका थिए । दुई साता अघि मात्र किरण सम्मिलित माल्दिभ्सको माजियाले लिग र एएफए कपको उपाधि जितेको थियो ।

यस्तै गत वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनल सम्मको यात्रा तय गरेकी पलेशाले मंसिरमा एशियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् । उनले ५७ केजी मुनि के ४४ तर्फ पहिलो स्थान प्राप्त गरेकी थिइन् ।

यस्तै टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारु जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन् । जुनियर महिलामा उत्कृष्ट बनेकी इभानाले यसै वर्ष माल्दिभ्समा भएको दक्षिण एशियाली क्याडेड तथा जुनियर टेबल टेनिस प्रतियोगिताको क्याडेड गर्ल्स टिम इभेन्ट्समा रजत पदक जितेकी थिइन् भने सुदीपले १२ औँ राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

राखेपले वार्षिक उत्सवको अवसरमा नेपाल ट्रायथोलन संघलाई उत्कृष्ट संघ घोषणा गरेको छ । त्यस्तै राष्ट्रिय क्रिकेट टोली, राष्ट्रिय भलिबल टोलीलगायतलाई प्रायोजन गर्दै आएको केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ सोही अवसरमा सम्मानित भएको छ । त्यस्तै द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख महेश आचार्य र राससकी मुना कार्कीले खेलकुद पत्रकारको रूपमा सम्मान थापे ।

कार्यक्रममा कार्यक्रममा खेलाडी, संघ, पालिका, कर्मचारी, प्रायोजक लगायतलाई सम्मान गरिएको थियो । खेलाडीसहित १६ जना सम्मानित भएका थिए । त्यस्तै दीर्घ सेवा पदक र परिषद् सेवा पद गरि १ सय ४१ राखेप कर्मचारी पनि विभूषित भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेप सदस्य सचिव टंकलाल घिसिङलगायतले खेलाडी, कर्मचारीलाई सम्मान र विभूषित गरेका थिए ।

सम्बाददाता

Leave a Reply

Next Post

आफ्नो कप्तानीमा टिमलाई दोश्रो जित दिलाएपछि रोहितले दिए रोचक प्रतिक्रिया

Sat Sep 3 , 2022
काठमाडौँ । केन्यालाई १६ रनले हराउँदै नेपालले ‘वान डे’ श्रृंखला जितेको छ । २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्याले २१४ रन मात्रै बनाउन सक्यो । केन्याको राजधानी नैरोबीमा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले अन्तिम ओभरमा अल आउट हुनुअघि २ सय ३० रन बनाएको थियो । प्रतिउत्तरमा […]

You May Like

error: