काठमाडौं ।
रोहित कुमार पौडेलको कप्तानीमा नेपालले आज केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ। केन्याको नैरोवीस्थित जिमखाना मैदानमा पहिलो इनिङ्स सकिएको छ।
नेपालले जीतका लागि घरेलु टोली केन्यालाई २३१ रनको सम्मानजनक लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ दशमलव २ ओभरमा अल आउट हुँदै २३० रन बनाएको छ।
नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले । रोहितले ९५ बलमा ७ चौका प्रहार गरे। यस्तै देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए ।
ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए । करण केसी ११ रनमा आउट हुँदा आदील आलम सुन्य रनमा अविजित रहे ।
केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २/२ विकेट लिए । यसअघि पौडेलकै कप्तानीमा नेपालले केन्यासँग शुक्रवार पहिलो एकदिवसीय खेल खेलेको थियो। उक्त खेलमा नेपाल सात विकेटले विजयी भएको थियो।
नेपालले यसअघि केन्याविरुद्ध पाँच खेलको टी-२० क्रिकेट सिरिज पनि खेलेको थियो। नेपालले उक्त सिरिज ३-२ ले जित्यो। टी-२० सिरिजको कप्तानी नियमित कप्तान सन्दीप लामिछानेले गरेका थिए।
उक्त सिरिज सम्पन्न भएपछि लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएका छन्। लामिछाने सीपीएलमा जमैका तालावाजमा आवद्ध छन्। नेपालले केन्यासितको अन्तिम एकदिवसीय खेल सोमवार खेल्ने तय भएको छ।
यो पनि पढ्नुहोस : यस्तो छ केन्या बिरुद्द दोश्रो एकादिबसिय खेलमा आसिफलाई नाखेलाउनुको कारण
हिजोको खेलमा शतक बनाएका आसिफ शेखको ठाउँमा देव खनाललाई समेटिएको छ । नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई ७ विकेटले हराएको थियो । यो सँगै तीन खेलको एकदिवसिय श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ ।
नेपालले आजको खेल जितेमा श्रृंखला जित्नेछ । आज हारेमा केन्याले श्रृंखलामा १–१ को बराबरी गर्नेछ । तेस्रो तथा अन्तिम खेल पर्सि हुनेछ । यसअघि केन्यासँग भएको पाँच खेलको टि–२० श्रृंखला नेपालले ३–२ ले जितेको थियो ।
अघिल्लो खेलमा उत्कृस्ट प्रदर्शन गरेका आसिफ शेखलाई नखेलाउनुको कारण सोध्दा कप्तान रोहित भन्छन ” निगेल इन्जुरीका कारण आसिफलाई आराम दिइएको छ।”