सिपिएलमा सन्दीपआवद्व जमैकाको दोश्रो खेल आज, सन्दिप खेल्ने सम्भावना

काठमाडौँ ।

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत आज हुने खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आबद्ध जमैका तालाबाजले गुएना अमेजन वारियर्सकाे सामना गर्नेछ ।

खेल सेन्ट किट्सस्थित वार्नर पार्कमा हुने नेपाली समय अनुसार बेलुका पा‌ैने ८ मा सुरू हुनेछ । गुएनाविरुद्ध सन्दीपले खेल्ने सम्भावना छ । केन्यासँगको टी-२० सिरिजपछि उनी जमैकाको टोलीमा सामेल भएका हुन्।

जमैका गुएनालाई हराउँदै प्रतियाेगितामा लगातार दोस्रो जित निकाल्ने प्रयासमा हुनेछ । उसले पहिलाे खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई ४७ रनले पराजित गरेकाे थियाे ।

गुएना पनि आज जित निकाल्दै प्रतियाेगितामा विजयी सुरूवात गर्न चाहन्छ । हालसम्म यी दुईले १९ खेलमा एक अर्काे सामना गर्दा जम‌ैकाले ७ र गुएनाले ११ खेल आफ्नो पक्षमा पारेका छन् । १ खेल भने विना नतिजा टुङ्गिएकाे छ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् । अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो ।

यो पनि पढ्नुहोस : पाकिस्तानको सुपर ४ मा इन्ट्रीसंगै पाकिस्तान र भारत पुन भिड्ने, यस्तो छ खेलतालिका
हङकङलाई ३८ रनमा अलआउट गर्दै पाकिस्तानले एसिया कपमा १५५ रनको विशाल जित हात पारेको छ । टी–२० क्रिकेटमा रनको हिसाबले पाकिस्तानको यो सबैभन्दा ठूलो जित हो । पहिले ब्याटिङ गरेको पाकिस्तानले २ विकेट गुमाएर १९३ रन बनाएको थियो ।

जवाफमा हङकङ ११ औं ओभरमा ३८ रनमा सिमित भयो । यो जितसँगै पाकिस्तान सुपर फोरमा पुग्ने अन्तिम टोली बनेको छ । एसिया कपको लिग चरण सकिएको छ र अब सुपर फोर मात्र बाकी छन। भारत, अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका टोली सुपर फोरमा पुगेका छन् । यी चार टोलीबीच खेल हुनेछ र फाइनल खेल शीर्ष दुई टोलीबीच सेप्टेम्बर ११ मा दुबईमा हुनेछ ।

केही दिनअघि एसियाली क्रिकेट काउन्सिलका प्रमुख जय शाहले ट्वीटरमा उक्त कार्यक्रम सार्वजनिक गरेका थिए । अबको खेल अवधिमा अबुधाबीमा एक खेल पनि खेलिने  छैन। सबै खेल दुबई र शारजाहमा खेलाइँदैछन् । फाइनल सहित १० खेल दुबईमा हुनेछन् । शारजाहमा ३ खेल हुनेछन् ।

एसिया कप २०२२मा सुपर ४ खेल: १.श्रीलंका विरुद्ध अफगानिस्तान, ३ सेप्टेम्बर (शारजाह), २. भारत विरुद्ध पाकिस्तान, ४ सेप्टेम्बर (दुबई),३.भारत विरुद्ध श्रीलंका, ६ सेप्टेम्बर (दुबई) , ४.पाकिस्तान विरुद्ध अफगानिस्तान, ७ सेप्टेम्बर (दुबई)

५.भारत विरुद्ध अफगानिस्तान, ८ सेप्टेम्बर (दुबई), ६.श्रीलंका विरुद्ध पाकिस्तान, ९ सेप्टेम्बर (दुबई), ७.फाइनल खेल, सेप्टेम्बर ११ (दुबई)

सम्बाददाता

Leave a Reply

Next Post

नेपाल टस जितेर ब्याटिङमा, टिममा एक ठुलो परिवर्तन

Sat Sep 3 , 2022
काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीयमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले ब्याटिङ रोजेपछि केन्याले सुरुआतमा फिल्डिङ गर्नेछ । केन्याविरुद्धको दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई […]

You May Like

error: