काठमाडौं।
केन्या भ्रमणमा रहेको नेपालले आज शनिबार घरेलु टोलीविरुद्ध दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ ।नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।
केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज एक खेल अगाबै जित्ने योजनामा हुनेछ । नेपालले आजको खेलमा जित हासिल गर्दै नयाँ कीर्तिमान बनाउने दाउमा हुने छ।अब नेपालले जित हासिल गरे एक खेल अघि नै सिरिज आफ्नो बनाउने दाउमा हुने छ।केन्या भने पहिलो जितको खोजीमा हुने छ ।
यस अघि हिजो भएको पहिलो एकदिवसीयमा खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।हिजो केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
२१९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो। नेपालका लागि ओपनर आशिफ शेखले एक दिवसीय खेलमा पहिलो सतक बनाएका छन्।
उनले १२० बलमा १२ चौका र २ छक्का सहित ११० रन बनाए आउट भएका छन्। नेपालका लागि आशिफ शेख कीर्तिमानी अर्धसतक प्रहार गरेका हुन्।उनको यो पहिलो शतक हो।
नेपालका लागि अर्जुन साउदले पहिलो अर्धसतक प्रहार गरेका छन् ।अर्जुन साउदले ९८ बलमा ६२ रन बनाएर आउट भए। यस क्रममा उनले ५ चौका र एक छक्का प्रहार गरेका छन्।ज्ञानेन्द्र मल्लले ५० बलमा २४ रन बनाएर आउट भएका छन्।
नेपालका लागि सोमपाल कामीले १० ओभरमा सबै २९ रन दिएर महत्त्वपूर्ण ३ विकेट लिएका छन्।उनले एक रन आउट पनि गरेका थिए। करण केसीले ९.१ ओभरमा ३८ रन दिएर ३ विकेट लिएका छन्।आदिल आलमले एक विकेट लिएका छन्।पवनले एक विकेट लिएका छन्।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।त्यसैले नेपाललाई जित निकाल्न त्यहि सहज छैन ।नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल भने सोमबार खेल्नेछ ।