पाकिस्तानको सुपर ४ मा इन्ट्रीसंगै पाकिस्तान र भारत पुन भिड्ने, यस्तो छ खेलतालिका

काठमाडौँ ।

हङकङलाई ३८ रनमा अलआउट गर्दै पाकिस्तानले एसिया कपमा १५५ रनको विशाल जित हात पारेको छ । टी–२० क्रिकेटमा रनको हिसाबले पाकिस्तानको यो सबैभन्दा ठूलो जित हो । पहिले ब्याटिङ गरेको पाकिस्तानले २ विकेट गुमाएर १९३ रन बनाएको थियो ।

जवाफमा हङकङ ११ औं ओभरमा ३८ रनमा सिमित भयो । यो जितसँगै पाकिस्तान सुपर फोरमा पुग्ने अन्तिम टोली बनेको छ । एसिया कपको लिग चरण सकिएको छ र अब सुपर फोर मात्र बाकी छन। भारत, अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका टोली सुपर फोरमा पुगेका छन् । यी चार टोलीबीच खेल हुनेछ र फाइनल खेल शीर्ष दुई टोलीबीच सेप्टेम्बर ११ मा दुबईमा हुनेछ ।

केही दिनअघि एसियाली क्रिकेट काउन्सिलका प्रमुख जय शाहले ट्वीटरमा उक्त कार्यक्रम सार्वजनिक गरेका थिए । अबको खेल अवधिमा अबुधाबीमा एक खेल पनि खेलिने  छैन। सबै खेल दुबई र शारजाहमा खेलाइँदैछन् । फाइनल सहित १० खेल दुबईमा हुनेछन् । शारजाहमा ३ खेल हुनेछन् ।

एसिया कप २०२२मा सुपर ४ खेल: १.श्रीलंका विरुद्ध अफगानिस्तान, ३ सेप्टेम्बर (शारजाह), २. भारत विरुद्ध पाकिस्तान, ४ सेप्टेम्बर (दुबई),३.भारत विरुद्ध श्रीलंका, ६ सेप्टेम्बर (दुबई) , ४.पाकिस्तान विरुद्ध अफगानिस्तान, ७ सेप्टेम्बर (दुबई)

५.भारत विरुद्ध अफगानिस्तान, ८ सेप्टेम्बर (दुबई), ६.श्रीलंका विरुद्ध पाकिस्तान, ९ सेप्टेम्बर (दुबई), ७.फाइनल खेल, सेप्टेम्बर ११ (दुबई)

भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तानबीच मात्र खेल हुनेछ। प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर ११ मा हुनेछ । लिग चरणपछि प्रतियोगिता सुपर फोरमा पुगेको छ र यहाँबाट शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।

सुरुमा श्रीलंकामा खेलिने प्रतियोगिता श्रीलंकाको अशान्तिपछि केही दिनअघि संयुक्त अरब इमिरेट्समा सारिएको थियो । अधिकांश खेल दुबईमै खेलाउने प्रस्ताव गरिएको छ । यो प्रतियोगिता श्रीलंकाले आयोजना गर्दैछ ।

समूह चरणका खेलहरु दुई–तीन समूहमा खेलाइएका थिए । समूह ए मा भारत, पाकिस्तान र हङकङका टोली थिए । समूह बी मा श्रीलंका, अफगानिस्तान र बंगलादेश रहेका छन् । समूह ‘ए’ मा भारत शीर्षस्थानमा छ भने समूह ‘बी’ बाट अफगानिस्तान शीर्ष स्थानमा छ ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाललाई आज केन्याविरूद्ध ठूलो कीर्तिमान बनाउने मौका

Sat Sep 3 , 2022
काठमाडौं। केन्या भ्रमणमा रहेको नेपालले आज शनिबार घरेलु टोलीविरुद्ध दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ ।नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ । केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज एक खेल अगाबै जित्ने योजनामा हुनेछ । नेपालले आजको खेलमा जित हासिल […]

You May Like

error: