आशिफको कीर्तिमानी शतकमा नेपालको विशाल जित,अर्जुनले बनाए अर्धसतक

काठमाडौं।

नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा जित निकालेको छ ।नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको हो ।केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।यो जितले सिरिजमा १-० ले अग्रता लिएको छ।

२१९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो। नेपालका लागि ओपनर आशिफ शेखले एक दिवसीय खेलमा पहिलो सतक बनाएका छन्।आज उनले १२० बलमा १२ चौका र २ छक्का सहित ११० रन बनाए आउट भएका छन्। नेपालका लागि आशिफ शेख कीर्तिमानी अर्धसतक प्रहार गरेका हुन्।उनको यो पहिलो शतक हो।

नेपालका लागि अर्जुन साउदले पहिलो अर्धसतक प्रहार गरेका छन्।अर्जुन साउदले ९८ बलमा ६२ रन बनाएर आउट भए।यस क्रममा उनले ५ चौका र एक छक्का प्रहार गरेका छन्।ज्ञानेन्द्र मल्लले ५० बलमा २४ रन बनाएर आउट भएका छन्।

टस जितेर पहिला ब्याटिङ थालेको केन्याले ४८.१ ओभरमा १० विकेट गुमाउँदै २१८ रन बनाएको छ । केन्याले नेपाललाई २१९ रनको लक्ष्य प्रस्तुत गरेको हो।केन्याका लागि रकिप पटेल र मन्दिरा कोलिन्स ओबुयाले नेपाल विरूद्ध अर्धसतक प्रहार गरेको छन्।

केन्याका रकिप ७४ बलमा ७ चौका र एक छक्का सहित ६७ रनको योगदान दिएका थिए। कोलिन्स ओबुया ११८ बलमा ३ चौका र २ छक्कासहित ६२ रनमा रन आउट भएका थिए।

इफरान करिमको ४१ बलमा ३० रन बनाएर आउट भए। यस क्रममा उनले ५ चौका र एक छक्का प्रहार गरेका थिए।सचिन २१ बलमा २५ रन बनाएर आउट भएका थिए।यस क्रममा उनले २ छक्का र एक चौका प्रहार गरेका थिए।

नेपालका लागि सोमपाल कामीले १० ओभरमा सबै २९ रन दिएर महत्त्वपूर्ण ३ विकेट लिएका छन्।उनले एक रन आउट पनि गरेका थिए। करण केसीले ९.१ ओभरमा ३८ रन दिएर ३ विकेट लिएका छन्।आदिल आलमले एक विकेट लिएका छन्।पवनले एक विकेट लिएका छन्।

केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज ३–२ ले जितेको नेपाल यो सिरिज पनि जित्ने दाउँमा छ ।रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिएको खेल्न नेपालले जित हासिल गरेको हो।

सम्बाददाता

One thought on “आशिफको कीर्तिमानी शतकमा नेपालको विशाल जित,अर्जुनले बनाए अर्धसतक

Leave a Reply

Next Post

एसिया कपमा भारतीय टोलीलाई ठूलो झटका, टिमबाट बाहिरिए अनुभवी खेलाडी बाहिर

Fri Sep 2 , 2022
काठमाडौँ । एसिया कपमा भारतीय टोलीलाई ठूलो धक्का लागेको छ । घाइते रविन्द्र जडेजाको स्थानमा अक्षर पटेललाई टोलीमा समावेश गरिएको छ । जडेजा अहिले प्रतियोगिताबाट बाहिर भएका छन् । उनले समूह चरणका दुई खेल खेलेका थिए । पाकिस्तानविरुद्धको खेलमा पनि जडेजाले उत्कृष्ट ब्याटिङ गरेका थिए । बीसीसीआईले आफ्नो वेबसाइटमा अखिल […]

You May Like

error: