काठमाडौं।
अस्ट्रेलियामा १६ अक्टोबरबाट सुरु हुने आइसिसी टी–२० विश्वकप २०२२ का लागि इंग्ल्यान्डले १५ सदस्यीय टोलीको बलियो टिम घोषणा गरेको छ।इंग्ल्यान्डले आज १५ सदस्यीय टोलीको घोषणा गरेको हो।द हन्ड्रेडमा खराब प्रदर्शन गरेपछि जेसन रोय १५ सदस्यीय टोलीबाट बाहिरिएका छन्।
जेसन रोयको स्थानमा वर्षको सुरुमा डेब्यू गरेका फिल साल्टलाई इंग्ल्यान्डले टोलीमा राखेको छ।गत वर्ष युएईमा २०२१ मा भएको टी-२० विश्वकपकदेखि रोयले ११ टी-२० खेलमा १८.७२ औषतमा २०६ रन बनाएका छन्।द हन्ड्रेडमा फर्ममा रहेपछि साल्टले टोलीमा स्थान पाएका हुन्।
४४.७१ को औसतमा ८ खेलमा ३१३ रन बनाएर हाल उनी शीर्ष रन बनाउने खेलाडीहरूमध्ये २ नम्बरमा छन्।प्रतियोगितामा जोस बटलरले टोलीको नेतृत्व गर्नेछन्। बटलर हाल चोटका कारण फिट छैनन्। जसको अर्थ मोइन अलीले पाकिस्तान भ्रमणको लागि टोलीको नेतृत्व गर्नेछन्, जहाँ उनीहरूले सात टी-२० खेल्नेछन्।
पाकिस्तानविरुद्धको शृङ्खलाको पछिल्लो चरणमा बटलर फिट हुनेमा इंग्ल्यन्ड विश्वस्त छ।अस्ट्रेलियाले पर्थमा अक्टोबर २२ मा अफगानिस्तान विरुद्ध खेलेर विश्वकपको सुरु गर्नेछ।
इंग्ल्याण्डले टी-२० विश्वकप अघि पाकिस्तान भ्रमणका लागि १९ सदस्यीय टोली घोषणा गरेको छ, जसमा पाँच अनक्याप खेलाडीहरू समावेश छन्: जोर्डन कक्स, टम हेल्म, विल ज्याक्स, ओली स्टोन र ल्यूक वुड।
टी–२० विश्वकपका लागि इंग्लिस टोली
जोस बटलर (कप्तान), मोइन अली, जोनाथन बेयरस्टो, ह्यारी ब्रुक, साम कुरान, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल रशिद, फिल साल्ट, बेन स्टोक्स, रीस टोपले, डेभिड विली, क्रिस वोक्स र मार्क वुड।
पाकिस्तान भ्रमणका लागि इंग्लिस टोली
जोस बटलर (कप्तान), मोइन अली, ह्यारी ब्रुक, जोर्डन कक्स, साम कुरान, बेन डकेट, लियाम डसन, रिचर्ड ग्लेसन, टम हेल्म, विल, ज्याक्स, डेविड मलान, आदिल रशिद, फिल साल्ट, ओली स्टोन, रीस टोपले, डेविड विली, क्रिस वोक्स, ल्यूक वुड र मार्क वुड।