काठमाडौं।
नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्याविरुद्ध मध्यम लक्ष्य प्रस्तुत गरेको छ। नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले ४८.१ ओभरमा १० विकेट गुमाउँदै २१८ रन बनाएको छ । केन्याले नेपाललाई २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
केन्याका रकिप पटेल र मन्दिरा कोलिन्स ओबुयाले नेपाल विरूद्ध अर्धसतक प्रहार गरेको छन्। केन्याका रकिप ७४ बलमा ७ चौका र एक छक्का सहित ६७ रनको योगदान दिएका थिए। कोलिन्स ओबुया ११८ बलमा ३ चौका र २ छक्कासहित ६२ रनमा रन आउट भएका थिए।
इफरान करिमको ४१ बलमा ३० रन बनाएर आउट भए। यस क्रममा उनले ५ चौका र एक छक्का प्रहार गरेका थिए।सचिन २१ बलमा २५ रन बनाएर आउट भएका थिए।यस क्रममा उनले २ छक्का र एक चौका प्रहार गरेका थिए।
नेपालका लागि सोमपाल कामीले १० ओभरमा सबै २९ रन दिएर महत्त्वपूर्ण ३ विकेट लिएका छन्।उनले एक रन आउट पनि गरेका थिए। करण केसीले ९.१ ओभरमा ३८ रन दिएर ३ विकेट लिएका छन्।आदिल आलमले एक विकेट लिएका छन्।पवनले एक विकेट लिएका छन्।
केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज ३–२ ले जितेको नेपाल यो सिरिज पनि जित्ने दाउँमा छ ।रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिएको छ । नियमित कप्तान सन्दीप लामिछाने क्यारेवियन लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएको हुँदा रोहित पौडेलको कप्तानीमा पहिलो पटक टिमले केन्याविरुद्ध खेल्न लागेको हो ।
रोहित पौडेलको कप्तानीमा नेपाली टिमले पहिलो एक दिवसीय सिरिज पनि जित्दै केन्या भ्रमण लाभदायक बनाउने प्रयासमा नेपाली टोली रहनेछ।नेपालको केन्याविरुद्धको एकदिवसीय सिरिज आधिकारिक अन्तर्राष्ट्रिय सिरिज भने हुने छैन ।
आज अर्जुन साउदले एक दिवसीय खेलमा पनि डेब्यु गरेका छन्। यसै सिरिज अन्तर गत अर्जुनले टि-२० खेल पनि नेपालका लागि डेब्यु गरेका थिए।
नेपालको प्लेईङ-११ : अर्जुन साउद (विकेट किपर),पवन ,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल(कप्तान),दिपेन्द्र सिंह ऐरी,आरिफ शेख,आदिल आलम,करण केसी,सोमपाल कामी, साहब आलम, र बसिर अहमद