चौका चौकाको वर्षा गरेका खेलाडीको विकेट पतन,नेपालको उत्कृष्ट बलिङ जारी

काठमाडौं।

नेपालले आज तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा केन्याविरूद्ध टस हारेर पहिले फिल्डिङ गरेको नेपालले बलिङमा उत्कृष्ट सुरुवात गरेको छ।नेपाली हाल केन्याको ४ विकेट लिएको छ ।

नेपालका लागि सोमपालले आफ्नो पहिलो ओभरको ५ बलमा पहिलो विकेट लिएका छन्।नेपालका लागि दोस्रो सफलता करण केसी दिलाएका थिए।तेस्रो सोमपाल कामीले दिलाए।भने चौथो विकेटको रूपमा केन्याका इफरान करिमको महत्त्वपूर्ण विकेट लिएका हुन्।

करिमले ४१ बलमा ३० रन बनाएर आउट भए। यस क्रममा उनले ५ चौका र एक छक्का प्रहार गरेका थिए।यो खबर तयार पार्दासम्म केन्या १४ ओभरमा ४ विकेट गुमाएर ४९ रन बनाएको छ।

केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज ३–२ ले जितेको नेपाल यो सिरिज पनि जित्ने दाउँमा छ ।रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिएको छ । नियमित कप्तान सन्दीप लामिछाने क्यारेवियन लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएको हुँदा रोहित पौडेलको कप्तानीमा पहिलो पटक टिमले केन्याविरुद्ध खेल्न लागेको हो ।

रोहित पौडेलको कप्तानीमा नेपाली टिमले पहिलो एक दिवसीय सिरिज पनि जित्दै केन्या भ्रमण लाभदायक बनाउने प्रयासमा नेपाली टोली रहनेछ।नेपालको केन्याविरुद्धको एकदिवसीय सिरिज आधिकारिक अन्तर्राष्ट्रिय सिरिज भने हुने छैन ।

किनकी केन्यासँग आईसीसीको एकदिवसीय मान्यता छैन । केन्याले सन् १९९६ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको थियो । सन् २०१४ को क्रिकेट विश्वकप छनोटमा पराजित हुँदै पाँचौं स्थानमा पर्नु अघि १८ वर्षसम्म एकदिवसीय मान्यता केन्यासँग थियो ।

यसअघि भएको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा केन्यासँग नेपाल १८ रनले हारेको थियो । तेस्रो खेलमा चार विकेटको जित निकालेको नेपाल चौथो खेलमा भने सात रनले पराजित भएको थियो ।अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले सिरिज जितेको थियो ।

आज अर्जुन साउदले एक दिवसीय खेलमा पनि डेब्यु गरेका छन्।यसै सिरिज अन्तर गत अर्जुनले टि२० खेल पनि नेपालका लागि डेब्यु गरेका थिए।

नेपालको प्लेईङ-११

अर्जुन साउद (विकेट किपर),पवन ,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल(कप्तान),दिपेन्द्र सिंह ऐरी,आरिफ शेख,आदिल आलम,करण केसी,सोमपाल कामी, साहब आलम, र बसिर अहमद

सम्बाददाता

Leave a Reply

Next Post

नेपालविरुद्ध पटेल र मन्दिराले गरे चौका चौकाको वर्षा, पूरा गरे अर्धसतक

Fri Sep 2 , 2022
काठमाडौं। नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्याविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले ३७ ओभरमा ४ विकेट गुमाउँदै १ सय १६० रन बनाएको छ । केन्याका रकिप पटेल र मन्दिरा कोलिन्स ओबुयाले नेपाल विरूद्ध अर्धसतक प्रहार गरेको […]

You May Like

error: