भोलि नेपालले केन्याविरूद्ध खेल्दै,यस्तो छ नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं।

केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबारदेखि ३ खेलको एक दिवसीय सिरिज खेल्दै छ। ५ खेलको टि–२० आई सिरिज आफ्नो पक्षमा पारेको नेपालले एक दिवसीय सिरिज पनि जित्ने प्रयासमा हुनेछ। नेपालले ५ खेलको टि–२० आई सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको थियो।

नैरोबीस्थित जिमखाना क्रिकेट स्टेडियममा हुने एक दिवसीय सिरिज पनि जित्दै केन्या भ्रमण लाभदायक बनाउने प्रयासमा नेपाली टोली रहनेछ।सिरिजको पहिलो खेल शुक्रबार नौरोबीमा दिउँसो पौने १ बजे सुरु हुनेछ।तर नेपाली टोलीमा देखिदै आएको ब्याटिङ समस्याले नेपालले एक दिवसीय सिरिज जित्नेमा शंका छ।

नेपालको केन्याविरुद्धको एकदिवसीय सिरिज आधिकारिक अन्तर्राष्ट्रिय सिरिज भने हुने छैन । किनकी केन्यासँग आईसीसीको एकदिवसीय मान्यता छैन । केन्याले सन् १९९६ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको थियो । सन् २०१४ को क्रिकेट विश्वकप छनोटमा पराजित हुँदै पाँचौं स्थानमा पर्नु अघि १८ वर्षसम्म एकदिवसीय मान्यता केन्यासँग थियो ।

एक दिवसीय सिरिजमा नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन्। कप्तान सन्दीप लामिछाने टि–२० आई सिरिजपछि क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्टइन्डिज पुगेका छन्।

नेपालले भोलिको खेलमा  प्लेईङ-११ यी खेलाडीहरुलाई मौका दिने सम्भावना रहेको छ । नेपालका आसिफ शेख र शेखले अर्जुन साउदले ओपनिङ गर्ने सम्भावना रहेको छ ।

तेस्रो स्थानमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहँदा चौथो स्थानमा भने दिपेन्द्र सिंह ऐरी रहने सम्भावना रहेको छ । पाँचौं नम्बरमा कप्तान रोहित पौडेल रहेने सम्भावना रहेको छ। तथा छैठौं स्थानमा आरिफ शेख वा देव खनाल मध्य एकलाई मौका दिने सम्भावना रहेको छ । सातौं स्थानमा आदिल आलम रहने सम्भावना रहेको छ ।

आठौं स्थानमा करण केसीले मौका पाउदा नवौं नम्बरमा सोमपाल कामी रहने सम्भाबना रहेको छ । दशौँ नम्बरमा बसिर अहमद रहँदा एघारौं स्थानमा साहब आलमको स्थानमा आज किशोर महतोलाई मौका दिने सम्भावना रहेको छ।

नेपालको सम्भावित प्लेईङ-११

अर्जुन साउद (विकेट किपर),आशिफ शेख,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल(कप्तान),दिपेन्द्र सिंह ऐरी,देव खनाल/आरिफ शेख,आदिल आलम,करण केसी,सोमपाल कामी, साहब आलम, र बसिर अहमद

सम्बाददाता

Leave a Reply

Next Post

बंगलादेशलाई हराउदै सुपर ४ मा श्रीलंका, डेब्युमै फर्नान्डोको उत्कृस्ट प्रदर्शन

Fri Sep 2 , 2022
काठमाडौँ । एसिया कप २०२२ मा पछिल्लो पटक उपविजेता बनेको बंगलादेशको यात्रा श्रीलंकासँगको रोमाञ्चक भिडन्तमा दुई विकेटले पराजयसँगै टुंगिएको छ । निकै उतारचढावपूर्ण खेलमा हार जितको निर्णय नो बलबाट भएको थियो । जितका लागि दिएको १८४ रनको लक्ष्य श्रीलंकाले ४ बल र २ विकेट बाकी रहदै पुरा गरेको थियो । […]

You May Like

error: