काठमाडौं।
क्रिकेट अस्ट्रेलियाले भारतविरुद्धको टी–२० सिरिज र २०२२ मा आयोजना हुने टी–२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । अष्ट्रेलिया क्रिकेट बोर्डले १५ सदस्यीय टोली घोषणा गरेको छ ।अस्ट्रेलियाले नियम तोड्दै खतरनाक अलराउन्डर सिङ्गापुरमा जन्मिएका टिम डेभिडलाई टोलीमा समावेश गरेको छ ।
डेभिडलाई गत वर्षको आइपिएलमा मुम्बई इन्डियन्सबाट ९ खेलमा कुल १ सय ६८ रन बनाएका थिए ।टी–२० विश्वकप र भारत भ्रमणका लागि छनोट भएको टोलीमा स्टिभ स्मिथले पनि स्थान पाएका छन् भने कप्तान आरोन फिन्च रहनेछन् ।
क्रिकेट अष्ट्रेलियाले बलियो कंगारु टोली छनोट गरेको छ । जसमा गत वर्ष युएईमा भएको टी–२० विश्वकप खेलेका खेलाडीहरू नै समावेश छन् र अष्ट्रेलियाको टोलीले पहिलो पटक टी–२० विश्वकप ट्रफी जित्न सफल भएको थियो ।
टिम डेभिडले मार्च २०२९ सम्म सिंगापुर टोलीबाट ११ टि२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनी यस वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि देखा परेका थिए र मुम्बई इन्डियन्सका लागि ९ खेल खेलेका थिए। तर, केही खेल बाहेक धेरै खेलमा उनको प्रहार देखियो र उनले सबैलाई प्रभावित गरे ।
टिम डेभिडका आमाबाबु अष्ट्रेलियाली हुन्, तर उनी दुई वर्षको हुँदा पर्थबाट सिंगापुर गएका थिए। यससँगै सिएले आईसीसीको नियमअनुसार तत्काल प्रभावबाट अष्ट्रेलियाबाट खेल्न तयार रहेको बताएको छ ।
जानकारी दिँदै क्रिकेट अष्ट्रेलियाले युएईमा भएको टी–२० विश्वकप जित्ने टोलीमा एउटा मात्र परिवर्तन भएको बताएको छ । मिचेल स्वेप्सनको स्थानमा टिम डेभिड आएका छन् । क्रिकेट अष्ट्रेलियाले पनि डेभिड वार्नर भारत भ्रमणमा नजाने बताएको छ । उनीहरुलाई विश्राम दिइएको छ । वार्नरको स्थानमा क्यामरुन ग्रीन भारत जानेछन् ।
अष्ट्रेलिया टोली
आरोन फिन्च (कप्तान), म्याथ्यु वेड, डेभिड वार्नर, मार्कस स्टोइनिस, एस्टन आगर, प्याट कमिन्स, टिम डेभिड, जोस हेजलवुड, जोस इंग्लिस, मिचेल मार्स, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, एडम जाम्पा।