बिराट र सूर्यकुमारको तुफानी ब्याटिंगमा भारतको सानदार जित

काठमाडौँ 

भारतीय टोलीले टी–२० एसिया कपको सुपर–४ मा स्थान पक्का गरेको छ । पहिलो खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । खेलमा हार्दिक पाण्ड्याले अलराउन्ड प्रदर्शन गरेका थिए ।

बिहीबार भएको दोस्रो खेलमा टोलीले हङकङलाई ४० रनले पराजित गरेको छ। हङकङले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले खेलेको भारतले २ विकेट गुमाएर १९२ रनको ठूलो स्कोर बनायो ।

जसमा सूर्यकुमार यादवले २६ बलमा ६८ रन बनाएर अविजित रहे ।उनले ६ चौका र ६ छक्का प्रहार गरे । विराट कोहलीले पनि ४४ बलमा अविजित ५९ रन बनाए । उनले एक चौका र तीन छक्का प्रहार गरे।

जवाफमा हङकङको टोलीले ५ विकेट गुमाएर १५२ रन मात्रै बनाउन सक्यो। बाबर हयातले सर्वाधिक ४१ रन बनाए । यसबाहेक किञ्चित शाहले पनि ३० रन बनाए । स्कट म्याकिन्नी १६ र जिशान अली २६ रनमा अविजित रहे ।हङकङ बिरुद्द आवेश खान महँगो साबित भए । उनले ४ ओभरमा ५३ रन दिएर एक विकेट लिए ।

सूर्यकुमार र कोहलीले ७ ओभरमा ९८ रनको अविजित साझेदारी गरे । टोलीले अन्तिम ५ ओभरमा ७८ रन बनाएको थियो । कप्तान रोहित शर्माले २१ र केएल राहुलले ३६ रन बनाए ।

टिम इन्डियाले प्लेइङ–११ मा परिवर्तन गरेको थियो । कप्तान रोहित शर्माले हार्दिक पाण्डेयलाई आराम दिएको बताएका छन् । उनको स्थानमा ऋषभ पन्तलाई मौका दिइएको थियो । योसँगै हङकङले युएईविरुद्धको अन्तिम खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन ।

भारत (प्लेइङ इलेवन): रोहित शर्मा (क), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, रविन्द्र जडेजा, दिनेश कार्तिक (विकेट), भुवनेश्वर कुमार, आवेश खान, युजवेन्द्र चहल, अर्शदीप सिंह

हङकङ (प्लेइंग ११): निजाकत खान (कप्तान), यासिम मोर्तजा, बाबर हयात, किन्चित शाह, एजाज खान, स्कट म्याकेनी (विकेटकीपर), जिशान अली, हारुन अरशद, एहसान खान, आयुष शुक्ला, मोहम्मद गजानफर

सम्बाददाता

Leave a Reply

Next Post

सूर्यकुमारको तूफानी ब्याटिंग हेर्दै विराट कोहलीले दिए खास रियाक्सन, भिडियो भयो भाइरल

Thu Sep 1 , 2022
काठमाडौँ । दुबई इन्टरनेशनल स्टेडियममा हङकङसँगको टी–२० खेलमा भारतीय क्रिकेट टोलीले पहिले ब्याटिङ गर्दै दुई विकेट गुमाएर १९२ रन बनाएको थियो । भारतका लागि विराट कोहली र सूर्यकुमार यादवले अविजित अर्धशतकीय पारी खेले । जवाफमा हङकङको टोलीले ५ विकेट गुमाएर १५२ रन मात्रै बनाउन सक्यो। बाबर हयातले सर्वाधिक ४१ रन […]

You May Like

error: