काठमाडौं।
भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले विश्व कीर्तिमान बनाएका छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउँदै विश्वकीर्तिमान बनाएका हुन्। एसिया कपअन्तर्गत हङकङसँगको म्याचमा २१ रन बनाएसँगै उनले यो कीर्तिमान आफ्नो नाममा लेखाए।
उनले १३४ म्याचमा कूल ३ हजार ५२० रन बनाएका छन्। यससँगै रोहितले न्यूजिल्याण्डका मार्टिन गुप्टिलको कीर्तिमान भंग गरेका छन्। यसअघि यो कीर्तिमान गुप्टिलको नाममा थियो। गुप्टिलले १२१ म्याच ३ हजार ४९७ रन बनाएका छन्। यस सूचीको तेस्रो स्थानमा विराट कोहली छन्।
हङकङले एसिया कप छनोटमा आफ्ना सबै तीन खेलमा जित निकाल्दै एसियाकपमा स्थान बनाएको थियो। भारतले भने समूहचरणको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो। हङकङको भने एसिया कपको समूह चरणको यो पहिलो खेल हो।
एसियाकपमा भारत र हङकङ तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि २००८ मा भएको पहिलो भिडन्तमा ५० ओभरमा भारतले ३७४ रन बनाएको थियो। धोनी र रैनाले शतक प्रहार गरेको खेलमा हङकङ भने १ सय १८ रनमा अलआउट हुन पुगेको थियो।
भारतले उक्त खेल २५६ रनको फराकिलो अन्तरले जितेको थियो। त्यसपछि २०१८ मा एशियाकपको समुह ‘ए’ दुबै टिम पुन एकपटक एकदिवसीय खेलमानै भिडेका थिए। उक्त खेलमा भारतका लागि शिखर धवनले १ सय २७ रनको सतकीय इनिङ खेल्दै हङकङ विरुद्व २ सय ८५ रनको स्कोर बनाएको थियो।
हङकङले पनि उतकृष्ट प्रदर्शन गर्दै ८ विकेट गुमाएर २ सय ५९ रन बनाउँदा उक्त खेलमा २६ रनले पराजित भएको थियो। टी(२० एसियाकपमा भने पहिलो पटक एक अर्का विरुद्व प्रतिस्पर्धा गर्न लागेका हन।
प्रतियोगितामा हङकङ भारतलाई हराउँदे आफ्नो ‘डार्क हर्स’को छवि बनाउने ध्याउनमा छ। भारत भने आफ्नो बलियो छविलाई कायम राख्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ। समग्रमा भारतले हङकङलाई सहज प्रतिद्वन्दीका रुपमा लिँदा हङकङ भने सरप्राइज जितको ध्याउनमा छ।