नेपालसँग खेल्नु अघि भुटानी महिला टोलीको विशाल जित

काठमाडौं।
साफ महिला च्याम्पियनसिपको तयारीमा हाल काठमाडौंमा रहेको भुटानी महिला राष्ट्रिय टोलीले आज भएको मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी एफसी महिला टोलीलाई ४–० ले पराजित गरेको छ । मैत्रीपूर्ण खेल नेपाली सेनाको मुख्यालय काठमाडौंमा भएको थियो ।

ड्र्यागन गर्ल्सका लागि पेमा छिरिङले दुई तथा सुनिता राई र जेलेट वाङ्मोले एक–एक गोल गरे ।प्रतियोगिताको समूह बी मा नेपालले भुटान र श्रीलंकासँग बराबरी खेलेको छ । डिफेन्डिङ च्याम्पियन भारतले समूह ए मा माल्दिभ्स, बंगलादेश र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

फिफाको प्रतिबन्ध फुकुवासँगै भारतले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप खेल्न पाउने छ ।तर यसले नेपाली महिला फुटबल टिमलाई भने ठूलो घाटा लागेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ।

यस अघि नेपालको विराटनगरमा भएको अघिल्लो महिला साफको फाइनलमा नेपाललाई ३-१ ले हराएर भारतले उपाधि जितेको थियो ।नेपाली यस पटक भारतलाई प्रतिबन्द लगाउँदा साफ गुमाउने भएको थियो ।यसले नेपाललाई साफको उपाधि जित्ने सपना सहज भएको थियो।अब महिला साफमा ७ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

साफले यस अघि सार्वजनिक गरेको खेल समूह विभाजन अनुसार समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको थियो ।यस्तै समूह ‘बी’ मा नेपाल, श्रीलंका र भुटान रहेको थियो ।

नेपालले उद्घाटन खेलमा सेप्टेम्बर ६ मा भुटानसँग खेल्नेछ भने सेप्टेम्बर १२ मा श्रीलंकासँग खेल्नेछ। प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।

नेपालको अन्तिम टोली:
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक
मिडफिल्डरः विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ

सम्बाददाता

Leave a Reply

Next Post

हङकङ बिरुद्दको खेलमा भारतीय टोलीबाट हार्दिक पाण्ड्या बाहिर, यी खेलाडीको पुनरागमन

Wed Aug 31 , 2022
काठमाडौँ । एसिया कपमा भारतविरुद्धको खेलमा हङकङका कप्तान निजाकत खानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । उनले भने कि हामी पहिले बलिङ गर्छौं। हामीले ओमानमा लक्ष्य राम्रोसँग पछ्यायौं र हामी त्यही गर्न चाहन्छौं। पछिल्लो पटक हामीले भारतविरुद्ध खेलेका थियौं, हामीले केही गल्ती गरेका थियौं र अहिले हामी […]

You May Like

error: