विश्वका सम्पूर्ण बलरको कीर्तिमान तोड्दै सन्दीपले बनाए २ ठूला कीर्तिमान

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने सन् २०२२ मा सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्।मंगलबार केन्याविरूद्ध २ विकेट लिएसँगै सन्दीपले २०२२ मा आफ्नो विकेट संख्या ३८ पुर्‍याएका छन्।

केन्याविरूद्धको पाँच खेलको सरिजमा सन्दीपले १२ विकेट लिए। पाँच मध्ये तेस्रो खेलमा विकेटबिहीन बनेका सन्दीपले पहिलो खेलमा २ र दोस्रो खेलमा ३ विकेट लिएका थिए।

चौथो खेलमा ५ विकेट लिन ९ रन खर्चिएका सन्दीपले पाँचौ खेलमा २ विकेट लिएका हुन्। सन्दीप प्लेयर अफ दि सिरिज समेत घोषित भए।सन्दीपले सन् २०२२ मा १८ खेलमा ३८ विकेट लिइसकेका छन्।

यसअघि सन् २०२१ मा सर्वाधिक विकेट लिएका श्रीलंकाका विनन्दू हर्षरंगा डे सिल्भा र दक्षिण अफ्रिकाका तब्राइज शाम्सीले ३६-३६ विकेट लिएका थिए। यो नै एकै वर्षमा सर्वाधिक विकेट लिने कीर्तिमान थियो। जुन कीर्तिमान सन्दीपले अहिले नै तोडिसकेका छन्।

सन् २०२२ मा सर्वाधिक टी-२० विकेट लिने खेलाडीको सूचीको दोस्रो स्थानमा आयरल्यान्डका जोश लिटल छन्। उनले सन् २०२२ मा १९ खेलमा २८ विकेट लिएका छन्। तेस्रो स्थानमा रहेका भारतका भुवनेश्वर कुमारले १८ खेलमा २४ विकेट हात पारेका छन्।

सन् २०२२ को बाँकी चार महिनाको अवधिमा नेपालले अब कुनै अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका छैन। तर आयरल्यान्ड र भारतले भने टी-२० विश्वकपमा र अन्य सिरिज खेल्दैछन्। जसका कारणले सन्दीपलाई भुवनेश्वर र लिटलले पछि पार्ने सम्भावना भने छ।

यता कप्तान सन्दीप टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दश भित्र परेका छन्।शीर्ष स्थानमा रहेका बंगलादेशका सकिब अल हसनले सय टी-२० खेलमा १२२ विकेट लिएका छन्। दोस्रो स्थानका अफगानिस्तानका रासिद खानले ६८ खेलमा ११५ विकेट लिइसकेका छन्।

नेपालका कप्तान सन्दीप सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय विकेट लिने खेलाडीको नवौं स्थानमा छन्। सन्दीपले सन् २०१८ देखि अहिलेसम्म ४४ खेलमा ८५ विकेट लिइसकेका छन्।

सम्बाददाता

Leave a Reply

Next Post

केन्यासँगको सिरिज गुमाएका कुशललाई खुसीको खबर,गर्न सक्छन् टिममा पुनरागमन

Wed Aug 31 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर कुशल भुर्तेलको ब्याटिङतर्फको वरीयता सुधार भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा कुशलको वरीयता एक स्थान सुधार भएको हो । नयाँ वरीयतामा कुशल ४८ औं स्थानमा उक्लिएका छन् ।अलराउण्डरतर्फ दीपेन्द्र सिंह ऐरी ९ औं स्थानमा यथावत रहेका छन् ।ब्याटिङतर्फ […]

You May Like

error: