केन्यासँग एकदिवसीय सिरिज खेल्नु अघि रोहितलाई आईसीसीबाट आयो ठूलो खबर

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान रोहित पौडेलको एकदिवसीय वरियता सुधार भएको छ ।अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज सार्वजनिक गरेको एकदिवसीय ब्याट्सम्यानहरुको वरियतामा नेपालका रोहितको वरियता एक स्थान सुधार गरेका छन।नेपाली भने १९ औं स्थानमा रहेको छ।

नेपाल भन्दा पछि पपुवा न्युगिनी २० औं स्थानमा रहेको छ।नामिबिया नेपाल भन्दा माथि १८ औं स्थानमा रहेको छ। ओमान १७ औं स्थानमा रहेको छ।अमेरिका १६ औं स्थानमा रहेको छ।भने युएई १५ औं स्थानमा रहेको छ।

यसअघि ८२औं स्थानमा रहेका रोहित कुमार पौडेल ८१ औं स्थानमा उक्लिएका छन् । एकदिवसीयतर्फ पाकिस्तानका बाबर आजम पहिलो स्थानमा रहेको छन्। भने दक्षिण अफ्रिकाका रासि भान डेर डुसेन दोश्रो स्थानमा रहेको छन्।

दक्षिण अफ्रिकाकै क्विन्टन डी कक तेश्रो स्थानमा छन् ।यसैगरी चौथो स्थानमा पाकिस्तानका इमाम उल हक छन् भने भारतका विराट कोहली पाँचौं स्थानमा छन् ।

यस्ता विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज जारी गरेको नयाँ टि२० आई वरीयतामा नेपालको स्थान घटेको छ । नेपालको वरीयता एक स्थान घट्दै १६ औं स्थानमा पुगेको छ ।केन्या सँग २ खेलमा पराजित भएको नेपालको वरियता २ स्थान घटेको हो।

नेपाललाई पछि पार्दै स्कटल्यान्ड १५ औं स्थानमा उक्लिएको छ। नेपाललाई पछि पार्दै नामिबिया १४ औं स्थानमा उक्लिएको छ ।नेपाल भन्दापछि ओमान १७ औं स्थानमा रहेको छ। नेदरल्यान्ड्स १८ औं स्थानमा रहेको छ। पपुवा न्युगिनी १९ औं स्थानमा रहेको छ। हङकङ २० औं स्थानमा छन् ।केन्या २८ औं स्थानमा रहेको छ।

टि२० आई वरीयता घटेसँगै नेपालले सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ ।सन् २०२४ को टी-ट्वान्टी विश्वकपमा वरियताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

विश्वका सम्पूर्ण बलरको कीर्तिमान तोड्दै सन्दीपले बनाए २ ठूला कीर्तिमान

Wed Aug 31 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने सन् २०२२ मा सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्।मंगलबार केन्याविरूद्ध २ विकेट लिएसँगै सन्दीपले २०२२ मा आफ्नो विकेट संख्या ३८ पुर्‍याएका छन्। केन्याविरूद्धको पाँच खेलको सरिजमा सन्दीपले १२ विकेट लिए। पाँच मध्ये तेस्रो खेलमा विकेटबिहीन बनेका सन्दीपले पहिलो खेलमा […]

You May Like

error: