काठमाडौं।
विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज जारी गरेको नयाँ टि२० आई वरीयतामा नेपालको स्थान घटेको छ । नेपालको वरीयता एक स्थान घट्दै १६ औं स्थानमा पुगेको छ ।केन्या सँग २ खेलमा पराजित भएको नेपालको वरियता २ स्थान घटेको हो।
नेपाललाई पछि पार्दै स्कटल्यान्ड १५ औं स्थानमा उक्लिएको छ। नेपाललाई पछि पार्दै नामिबिया १४ औं स्थानमा उक्लिएको छ ।नेपाल भन्दापछि ओमान १७ औं स्थानमा रहेको छ। नेदरल्यान्ड्स १८ औं स्थानमा रहेको छ। पपुवा न्युगिनी १९ औं स्थानमा रहेको छ। हङकङ २० औं स्थानमा छन् ।केन्या २८ औं स्थानमा रहेको छ।
टि२० आई वरीयता घटेसँगै नेपालले सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ ।सन् २०२४ को टी-ट्वान्टी विश्वकपमा वरियताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् ।एकदिवसीयमा नेपाल १९ औं स्थानमा रहेको छ।
भारत शीर्ष स्थानमा रहेको छ। इंग्ल्यान्ड दोस्रो औं स्थानमा रहेको छन्। पाकिस्तान तेस्रो औं स्थानमा रहेको छ। दक्षिण अफ्रिका चौथो औं स्थानमा रहेको छ। न्युजिल्यान्ड पाँचौं औं स्थानमा रहेको छ। अष्ट्रेलिया छैटौं स्थानमा छन् ।
वेस्टइन्डिज सातौं औं स्थानमा रहेको छ। श्रीलंका आठौं औं स्थानमा रहेको छ। बंगलादेश नवौं औं स्थानमा रहेको छ। अफगानिस्तान १० औं स्थानमा रहेको छ। जिम्बावे ११ औं स्थानमा रहेको छ।आयरल्यान्ड १२ औं र युएई १३ औं स्थानमा छन् ।
वरीयतामा आफूभन्दा तल रहेको केन्यासँग दुई खेल गुमाउँदा नेपाललाई वरीयतामा घाटा परेको हो।आइसिसी टी-२० विश्वकप २०२४ मा सिधा छनोटका लागि महत्वपूर्ण मानिएको वरीयतामा तल झरेसँगै नेपालको आसा लगभग सकिएको छ। वरीयताको १२औं स्थानसम्म रहने टिमको सिधा विश्वकपमा छनोट हुने सम्भावना रहन्छ।
केन्याविरुद्धको टी-२० सिरिजमा नेपालले पहिलो खेल ५ विकेट, तेस्रो खेल ४ विकेट र पाँचौ तथा निर्णायक खेल ३१ रनले जितेको थियो। तर नेपाल दोस्रो खेलमा १८ रन र चौथो खेलमा ७ रनले पराजित भएको थियो। पराजित भएका दुवै खेलमा नेपालले खराब ब्याटिङ गरेको थियो।
नेपालले दोस्रो खेलमा १३३ रनको लक्ष्य भेट्टाउन सकेको थिएन। आरिफ शेखले सबैभन्दा बढी २५ रन बनाएको खेलमा नेपाल ११४ रनमै अलआउट भएको थियो। चौथो खेलमा त नेपालले सय रन पनि कटाउन थिएन। केन्याले दिएको १०२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ९४ रन मात्र जोड्न सफल भएको थियो।
सिरिजमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफूलाई प्रमाणित गर्न सफल भए। तेस्रो र पाँचौ खेलमा प्लेयर अफ दि म्याचको अवार्ड पाएका ज्ञानेन्द्रले पाँच खेलमा एक अर्धशतकसहित १३५ रन जोडे। उनी सिरिजमा सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा रहे।
दोस्रो स्थानमा केन्याका इर्फान करिमले १३९ रन जोड्दा सर्वाधिक रन बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा नेपालका रोहितकुमार पौडेल रहे। रोहितले ५ खेलमा १५६ रन जोड्न सफल भए। बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने सफल भए।
प्लेयर अफ दि सिरिजको अवार्ड जितेका सन्दीपले ५ खेलमा १२ विकेट लिन सफल भए। उनले चौथो खेलमा ९ रन खर्चिएर ५ विकेट लिएका थिए। सन्दीपले टी-२० अन्तर्राष्ट्रियमा करिअरकै उत्कृष्ट बलिङ गरेको खेलमा भने नेपाल पराजित भयो।अब नेपालले केन्यासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। सिरिज पर्सीदेखि सुरु हुनेछ।