सन्दीप र ज्ञानेन्द्रले बनाए ठूलो कीर्तिमान,बने यस्तो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्याविरुद्धको पाँच अन्तर्राष्ट्रिय टी–२० सिरिज ३–२ ले हात पारेको छ । केन्याको नैरोबीस्थित जिमखाना मैदानमा नेपालले मंगलबार अन्तिम तथा पाँचौँ खेलमा ३१ रनको जित निकाली सिरिजमाथि कब्जा जमाएको थियो ।अन्तिम टी–२० खेलमा एक सय ७८ रन पछ्याएको केन्याले २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रन मात्र बनायो।

यसअघि नेपाल र केन्याले सिरिजमा २–२ को बराबरी गरेको थियो । सिरिजमा नेपालले पहिलो खेलमा पाँच विकेट र तेस्रो खेलमा चार विकेटको जित निकालेको थियो । केन्याले नेपाललाई दोस्रो खेलमा १८ रन तथा चौथो खेलमा सात विकेटले हराएको थियो । अब केन्याविरुद्धको पहिलो एकदिवसीय खेल शुक्रबारदेखि हुनेछ ।

दमदार ओपनिङ
मुख्य प्रशिक्षक मनोज प्रभाकरले पाँचौँ खेलमा ओपनिङमा परिवर्तन गरे । प्रभाकरले पूर्वकप्तान मल्ललाई अर्जुन साउदसँगै ओपनिङ जोडीका रूपमा पठाए । यसपटक प्रशिक्षकको रणनीतिले काम गर्‍यो ।

मल्ल र साउदले पहिलो विकेटका लागि ७.६ ओभरमा ६५ रनको साझेदारी गरे । यसै सिरिजमा डेब्यु गरेका साउदले २१ बलमा चार चौका र एक छक्काको सहयोगमा २९ रनको योगदान गरे । मल्लले तेस्रो क्रमका दीपेन्द्रसिंह ऐरीसँग दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरी नेपाललाई १२.५ ओभरमा १०५–२ को बलियो स्थितिमा राखे । क्रिजमा सेट हुन लागेका दीपेन्द्रले आफ्नो विकेट २२ रनमा गुमाए । उनले १८ बलमा तीन चौका प्रहार गरे ।

ज्ञानेन्द्र इनिङ्सको १४.२ ओभरमा आउट भए । उनले आफ्नो इनिङ्समा चौथो विकेटका लागि रोहितकुमार पौडेलसँग २० रनको साझेदारी गरेका थिए । रोहितले नेपालको इनिङ्स सम्हालेर खेले । उनी इनिङ्सको १९.४ ओभरमा आउट भए । उनले २५ बलमा सात चौका प्रहार गरी ४७ रनको योगदान दिए । नेपालका थप पाँचजना ब्याट्सम्यानले दोहोरो रन पनि बनाएनन् ।

सन्दीप बने म्यान अफ दी सिरिज
नेपालका कप्तान सन्दीप केन्याविरुद्धको टी–२० सिरिजमा उत्कृष्ट बलिङ प्रदर्शन गर्न सफल रहे । उनले पाँच खेलमा सर्वाधिक १२ विकेट लिए । सन्दीप प्रतियोगिताकै म्यान अफ दी सिरिज घोषित भएका छन् । सन्दीपले दोस्रो खेलमा पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेलमा पाँच विकेट लिएका थिए । यसक्रममा उनले केवल नौ रन मात्र दिए । सन्दीप तेस्रो खेलमा मात्र विकेटविहीन भए । उनले पहिलो खेलमा २६ रन खर्चेर दुई विकेट तथा तेस्रो खेलमा २६ रन खर्चेर तीन विकेट हात पारे । पाँचाैँ खेलमा सन्दीप आफ्नो अन्तिम स्पेलमा खर्चिलो देखिए । यद्यपि, उनले ३३ रन खर्चेर दुई केन्याली ब्याट्सम्यानलाई आउट पार्न सफल भए । सन्दीपले सिरिजमा कुल ११ रन बनाए ।

मल्ल दोस्रोपटक म्यान अफ दी म्याच
नेपालले पाँचौँ खेलमा केन्यालाई हराउन पूर्वकप्तान ज्ञानेन्द्र मल्लको योगदान मुख्य रह्यो । उनले प्रतियोगिताकै पहिलोपटक तथा करिअरकै दोस्रो अन्तर्राष्ट्रिय टी–२० अर्धशतकीय योगदान दिँदा नेपालले २० ओभरमा सात विकेटको नोक्सानीमा एक सय ७५ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा केन्याले २० ओभरमा सातै विकेट गुमाएर एक सय ४४ रन जोडेको थियो । ज्ञानेन्द्रले ५९ रन बनाउन ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए । यसै प्रदर्शनका कारण उनी अन्तिम खेलकै म्यान अफ दी म्याच भए । यसअघि तेस्रो खेलमा पनि उनी खेलकै उत्कृष्ट खेलाडी बनेका थिए ।

सम्बाददाता

Leave a Reply

Next Post

कीर्तिमानी अर्धसतक प्रहार गरे पछि ज्ञानेन्द्र मल्लले दिए सबैको मन छुने प्रतिक्रिया

Wed Aug 31 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले हिजो मंगलबार घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलमा नेपालले केन्यालाई पराजित गरेको छ।योसँग नेपालले यो सिरिज ३-२ ले हात पारेको छ।केन्यासँगको पहिलो सिरिजमा नै नेपालले सिरिज जितेको हो आज भएको अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले पराजीत गरेको छ। १७६ रनको बिशाल […]

You May Like

error: