काठमाडौं ।
केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले टी–२० शृङ्खला जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई पराजित गर्दै नेपालले शृङ्खला जितेको हो । नेपालले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रनमात्रै बनायो ।
केन्याका लागि नेहेमिह ओधिआम्बोले ३७ र शेम एनगोचेले ३३ रनको योगदान दिए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई विकेट लिए ।
रोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९, रोहित पौडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।
बलिङतर्फ केन्याका भिराज पटेल, शेम एनगाेचे र नेहेमिह ओधिआम्बोले दुई–दुई विकेट लिए । पाँच खेलको टी–२० सिरिजमा नेपालले आयोजक केन्यालाई ३–२ ले पराजित गरेको छ ।
नेपालको जीतबारे भारतीय चर्चित मिडिया लेख्छन “टी–२० सिरिजमा नेपालले केन्यालाई हरायो, प्रमुख ब्याट्सम्यानले खेले उत्कृष्ट इनिङ्स ” । यसमा प्रमुख ब्याट्सम्यान भनेर पुर्बकप्तान ज्ञानेन्द्र मल्ललाई भनिएको हो ।
थप लेख्छन ” पाँचौं र निर्णायक खेलमा नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७५/७ रनको बलियो स्कोर बनाएको थियो, जसको जवाफमा केन्याको टोलीले १४४/७ रन मात्रै बनाउन सके र नेपालले खेल ३१ रनले जित्यो ।
५९ रनको उत्कृष्ट इनिङ्स खेलेका ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच घोषित भए भने ५ खेलमा १२ विकेट लिएका नेपाली कप्तान सन्दीप लामिछाने म्यान अफ द सिरिज घोषित भए ।
टस जितेर ब्याटिङ गरेको नेपालले निकै राम्रो सुरुवात गरेकोमा ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि अर्जुन साउद (२१ बलमा २९) र दीपेन्द्र सिंह ऐरी (१८ बलमा २२) ४० रनको साझेदारी गर्दै दोस्रो विकेटका लागि ६५ रन जोडे।
रोहित पोडेलले २५ बलमा ४७ रनको रोमाञ्चक पारी खेल्दै टोलीलाई १७५ रनमा पुर्याए । केन्याका लागि वराज पटेल, नेहेम्याह ओडिआम्बो र शेम न्गोचेले समान २–२ विकेट लिए ।
नेपालका रोहित पोडेलले सिरिजमा सर्वाधिक १५६ रन बनाए भने सन्दीप लामिछानेले सर्वाधिक १२ विकेट लिए । टी–२० सिरिजपछि दुई टोलीबीच सेप्टेम्बर २, ३ र ५ मा तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।”