केन्या विरूद्ध नेपाल कीर्तिमानी जित तर्फ

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै केन्यालाई १७६ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ ।नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाउन सफल भयो।

नेपालले दिएको १७५ रनको लक्ष्य पछ्याएको केन्याले खराब प्रदर्शन गरेको छ।खराब प्रदर्शन गरेको केन्या माथि नेपाल कीर्तिमानी जित तर्फ उन्मुख भएको छ ।केन्याले हाल सम्म ११ ओभरमा ४ विकेट गुमाएर मात्र ५४ रन बनाएको छ ।उनका लागि ५४ बलमा १२१ रन चाहेको छ।

नेपालका लागि आज ज्ञानेन्द्र मल्ल र अर्जुन साउदले खेलको सुरुवात गरेका थिए। नेपालका लागि ज्ञानेन्द्र मल्लले तुफानी ब्याटिंग अर्धसतक प्रहार गरेका छन । उनले आज ४१ बलमा ५२ रन बनाउदै आफ्नो अर्धसतक पुरा गरेका  हुन्।

नेपालका लागि ज्ञानेन्द्र मल्ल ४४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५९ रनको व्यक्तिगत स्कोरमा आउट भए । ज्ञानेन्द्रको यो टी-ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो । यस्तै रोहित पौडेलले ४७ रन बनाए । भने अर्जुन साउदले २१ बलमा २९ रन बनाएर प्यभिलिएन फर्किए। यस क्रममा उनले ४ चौका र एक छक्का प्रहार गरेका थिए।

दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए । आदिल आलमले ७ बलमा ४ रन तथा पवन सरार्फले २ बलमा १ रन बनाए । विवेक यादबले २ बलमा २ रन बनाए तथा करण केसीले २ बलमा २ रनका साथ अविजित रहे ।

केन्याका शेम एन्गोचे, भिराज पटेल र निहिमिह्या ओढियाम्हो २/२ विकेट लिए । लुकास ओलुओचले १ विकेट लिए । पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। किनकि ४ खेल सकिदा सिरिज २-२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ ।

घरेलु टोलीविरुद्धको अन्तिम खेलमा मैदान उत्रदा नेपाल सिरिज कब्जा गर्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले सिरिज आफ्नो बनाउनेछ ।यता, घरेलु टोली पनि नेपाललाई हराएर सिरिज घरमै राख्न चाहन्छ ।

सोमबार भएको चौंथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्याले सिरिज जित्ने सम्भावना कायम राखेको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई केन्याले ७ रनले हराएको हो ।

केन्याले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । तर, टोलीलाई जित दिलाउन सकेनन् ।

टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।नेपालले तेस्रो र चौथो खेलको प्लेईङ-११ बाट २ खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ ।

नेपालको प्लेईङ-११

अर्जुन साउद (विकेट किपर),पवन सरार्फ,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल,दिपेन्द्र सिंह ऐरी,विवेक यादव,आदिल आलम,करण केसी,सोमपाल कामी, सन्दीप लामिछाने(कप्तान) र वसिर अहमद

सम्बाददाता

Leave a Reply

Next Post

केन्याविरूद्ध नेपालको ठूलो कीर्तिमानी जित,सिरिज नेपालको हातमा

Tue Aug 30 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलमा नेपालले केन्यालाई पराजित गरेको छ।योसँग नेपालले यो सिरिज ३-२ ले हात पारेको छ।केन्यासँगको पहिलो सिरिजमा नै नेपालले सिरिज जितेको हो आज भएको अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले पराजीत गरेको छ। १७६ रनको बिशाल […]

You May Like

error: