काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आज उत्कृष्ट सुरुवात गरेको छ। नेपालका लागि आज ज्ञानेन्द्र मल्ल र अर्जुन साउदले खेलको सुरुवात गरेका छन्।
नेपालले हालसम्म ७.५ ओभरमा एक विकेट गुमाएर ६९ रन बनाएको छ। नेपाका लागि ज्ञानेन्द्र मल्लले ३० बलमा ३७ रन बनाएको छन्। यस क्रममा उनले ४ चौका र एक छक्का प्रहार गरेका छन्। भने अर्जुन साउदले ४ चौका र एक छक्का प्रहार गर्दै २१ बलमा २९ रन बनाएर आउट भएका छन्।
पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। किनकि ४ खेल सकिदा सिरिज २-२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ ।
घरेलु टोलीविरुद्धको अन्तिम खेलमा मैदान उत्रदा नेपाल सिरिज कब्जा गर्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले सिरिज आफ्नो बनाउनेछ ।यता, घरेलु टोली पनि नेपाललाई हराएर सिरिज घरमै राख्न चाहन्छ ।
सोमबार भएको चौंथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्याले सिरिज जित्ने सम्भावना कायम राखेको हो ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई केन्याले ७ रनले हराएको हो ।
केन्याले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । तर, टोलीलाई जित दिलाउन सकेनन् ।
टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।नेपालले तेस्रो र चौथो खेलको प्लेईङ-११ बाट २ खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ ।
नेपालको प्लेईङ-११
अर्जुन साउद (विकेट किपर),पवन सरार्फ,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल,दिपेन्द्र सिंह ऐरी,विवेक यादव,आदिल आलम,करण केसी,सोमपाल कामी, सन्दीप लामिछाने(कप्तान) र वसिर अहमद