काठमाडौं।
घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल खेल्ने नेपाली राष्ट्रिय टोली ‘मोटिभेसनल क्लास’ मा सहभागी भएका छन् ।नेपाली टोलीलाई मंगलबार मोटिभेसनल स्पिकर दिनेश कार्कीले क्लास लिएका थिए ।
हरितालिका तीजको अवसरमा नेपाली टोलीका लागि मोटिभेसनल क्लास राखिएको हो ।कार्यक्रममा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्बाङ, सदस्य मनिष जोशी र सरिला श्रेष्ठको उपस्थिति रहेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ।उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।नेपाल सहज मानिएको ‘बी’ रहेको छ ।
नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
यो पनि पढ्नुहोस्; नेपालले आज केन्यासँग खेल्दै
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। किनकि ४ खेल सकिदा सिरिज २-२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ ।
घरेलु टोलीविरुद्धको अन्तिम खेलमा मैदान उत्रदा नेपाल सिरिज कब्जा गर्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले सिरिज आफ्नो बनाउनेछ ।यता, घरेलु टोली पनि नेपाललाई हराएर सिरिज घरमै राख्न चाहन्छ ।
पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो । यस्तै तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो ।