मधेश प्रदेशमाथि एपीएफले गर्यो आधा दर्जन गोल

काठमाडौँ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा एपीएफ क्लबले फराकिलो जित निकालेको छ ।गोस्टेघाटमा शनिबार भएको खेलमा एपीएफले मधेश प्रदेशलाई ६-० गोल अन्तरले हराएको हो ।एपीएफको जितमा प्रदिप लामाले दुई गोल गरे ।मणि लामा, आवास लामिछाने, बिकु तामाङ र युवराज खड्काले एक एक गोल गरे ।

यता नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलतर्फ नेपाल एपिएफ फुटबल क्लबले कर्णाली प्रदेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । पहिलो हाफमै १० गोल गरेको एपिएफले दोस्रो हाफमा ६ गोल गर्दै १६-० को जित दर्ता गरेको हो ।

एपिएफको जितमा सावित्रा भण्डारीले ५ गोल गरिन् । उनले १८ मिनेटमा नै ह्याट्रिक पूरा गरिन् । एपिएफको जितमा सरु लिम्बुले ह्याट्रिक पूरा गर्दा अनिता केसी र रविना गोलेले २-२ गोल गरे । गीता राना, मनमाया लिम्बु, सविता रानामगर र प्रिती राईले पनि १-१ गोल थपे ।

खेलको ५ औं मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन । लगत्तै खेलको ९ औं मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरिन् ।खेलको १३ औं मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गरिन भने १८ औं मिनेटमा सावित्राले टोलीका लागि चौथो गोल गदै ह्याट्रिक पूरा गरिन् ।

खेलको १९ औं मिनेटमा सरु लिम्बुले पाँचौ गोल गरिन भने २१ औं मिनेटमा प्रिति राईले छैँटौँ गोल गरिन । २७ औं मिनेटमा अनिताले, ३६ औं मिनेटमा सरुले, ४५ औं मिनेटमा सावित्रा व्यक्तिगत चौथो गोलसँगै टोलीलाई ९ गोलको अग्रता दिलाईन ।सविता रानाले पहिलो हाफको इन्जुरी समयमा एपीएफका लागि १० औं गोल गरिन ।

खेलको ४८ औं मिनेटमा सरु लिम्बुले ह्याट्रिक पूरा गदै टोलीका लागि ११ औं गोल गरिन । ५२ औं मिनेटमा सावित्राले, ६१ औं मिनेटमा मनमाया लिम्बुले, ७१ औं मिनेटमा गिता रानाले र खेलको ८३ औं र ८६ औं मिनेटमा रविना गोलेले टोलीका लागि १५ औं र १६ औं गोल गरिन ।

एपिएफले यसअघि पहिलो खेलमा प्रदेश-१ लाई ७-१ ले पराजित गरेको थियो । महिला फुटबलमा आज दोस्रो खेलमा गण्डकी र प्रदेश १ खेल्नेछन् । अन्तिम खेल बागमती र लुम्बिनीबीच हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

६,६,६,६,४,६… मैदानमा तहल्का मच्चाउदै पृथ्वी शाले खेले तुफानी पारि

Sat Oct 15 , 2022
काठमाडौँ । भारतका हरेक खेलाडी टीम इन्डियामा आफ्नो स्थान बनाउन चाहन्छन्। त्यस्तै, भारतीय क्रिकेट टोलीमा स्थान बनाउन कडा मेहनत गरिरहेका मुम्बईका पृथ्वी शाले टी–२० मा चकित पार्ने काम गरेका छन् । उनले सैयद मुश्ताक अली ट्रफी टी–२० प्रतियोगितामा ४६ बलमा शतक बनाएर सानदार प्रदर्शन गरेका छन् । आसामका कप्तान मृण्मय […]

You May Like

error: