करिअरकै उत्कृष्ट बलिङका बाबजुद बेहोरेको लज्जास्पद हारबारे यस्तो भन्छन सन्दिप

काठमाडौं।

घरेलु टोली केन्याविरुद्धको चौंथो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले हार व्यहोरेको छ । सोमबार भएको खेलमा नेपाललाई केन्याले ७ रनले हराएको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । आदील अन्सारीले ८ रन जोड्दा दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल र अर्जुन साउद समान ६ रनमा आउट भए । करण केसी ५ रनमा आउट हुँदा आरिफ शेख २ रनमा आउट भए । पवन सर्राफ र सोमपाल कामीले खाता खोल्न सकेनन् ।

केन्याका रकिप पटेलले ३ विकेट लिए । भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनाएको थियो ।

केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए । यस्तै कोलिन्स अबुयाले २० रन बनाए । कप्तान शेम एन्गोचेले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

केन्यालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । उत्कृष्ट बलिङ गरेका उनले ४ ओभरमा मात्र ९ रन खर्चिए । आदील अन्सारीले २ तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

केन्यासँगको चौथो टी–२० मा लज्जास्पद ब्याटिङबारे कप्तान सन्दीप लामिछानेले प्रतिक्रिया दिएका छन् । सजिलै पूरा गर्नुपर्ने लक्ष्यमा असफल हुँदा निकै दुःखी भएको पनि उनले बताए । पाँच विकेट लिँदा खुसी भएपनि अन्तमा टिमले हार्दा चाहिँ निकै नराम्रो लागेको सन्दिपले बताएका छन् ।

‘आज हामीले गरेको ब्याटिङ निकै खराब छ । यसबारे सोच्नैपर्ने बेला आएको छ ,’ खेलपछि उनले भने, ‘हामीले केही खेलमा कमजोरी गर्दै आइरहेका छौं। साथै हामीलाई हाम्रो स्तर पनि थाहा छ । हामीले यसलाई सजिलै सुधार गर्नुपर्छ । दुःखी हुनुभन्दा पनि हारलाई सिकाइको रूपमा लिएर भोलिको खेलमा नदोहोर्‍याउने पनि बताएका छन्।’

सम्बाददाता

Leave a Reply

Next Post

महिनौंको विवादपछि नेपाली फुटबल लयमा फर्किने प्रयासमा

Tue Aug 30 , 2022
काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले कप्तान किरण चेम्जोङसहित टिमबाट बाहिरिएका १० सिनियर खेलाडीलाई बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा बोलाएर तयारी तीव्र पारेको छ । यो पटक टिमको नेतृत्व अब्दुल्लाह अल्मुताइरीको हातमा छैन । एन्फाले प्रदिप हुमागाईंलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ । अल्मुताइरीसँगको विवादका कारण टिमबाट हटाइएका […]

You May Like

error: