सन्दीपको कप्तानीमा नेपालले बनायो ठूलो कीर्तिमान

काठमाडौं।

घरेलु टोली केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले हिजो जित निकालेको थियो ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो ।यो नेपालले टि२० आईमा पूरा गरेको सर्वाधिक ठूलो योगफल हो ।

यसअघि नेपालले टि२० आईमा पूरा गरेको सर्वाधिक ठूलो योगफल २०१९ मा सिंगापुरविरुद्ध १ सय ५२ रन थियो । उक्त खेलमा कप्तान पारसले नेपालको लागि पहिलो टि२० आई शतक समेत हानेका थिए ।

केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो ।नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए ।

यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए । रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्मादा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए ।

केन्याका भिराज पटेल र युगिनी ओचिङले २/२ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले ।पटेलले अविजित रहदै ७३ रन बनाए । उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।यस्तै ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे ।

कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे ।नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १/१ विकेट लिए ।यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २-१ को अग्रता बनाएको छ ।

यस अघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।अब नेपाल र केन्याबीच चौंथो टी-ट्वान्टी आज सोमबार हुनेछ । यस्तै पाँचौ तथा अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ ।

टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

चौंथो खेल अघि आईसीसीले दियो नेपाललाई ठूलो झड्का

Mon Aug 29 , 2022
काठमाडौं। विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज जारी गरेको नयाँ टि२० आई वरीयतामा नेपालको स्थान घटेको छ । नेपालको वरीयता एक स्थान घट्दै १५ औं स्थानमा पुगेको छ । नेपाललाई पछि पार्दै नामिबिया १४ औं स्थानमा उक्लिएको छ । नेपाल भन्दापछि स्कटल्यान्ड १६ औं स्थानमा रहेको […]

You May Like

error: