बीबीएलको ड्राफ्ट आज,यस्तो छ सन्दीप र सुबास बिक्री हुने सम्भावना

काठमाडौं।

अष्ट्रेलियाको फ्रेन्चाईज क्रिकेट प्रतियोगिता बिग बास लिग (बीबीएल) को १२ औं संस्करणको खेलाडी ड्राफ्ट आज आईतबार हुँदैछ ।बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट नेपाली समयअनुसार दिउँसो २:१५ मा हुनेछ ।

बीबीएलको ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल रहेका छन् ।कप्तान लामिछानेले पछिल्ला चार संस्करण बीबीएलमा बिताएका छन् ।

उनले ४३ बीबीएल खेलमा ४८ विकेट लिएका छन् । बीबीएलको राम्रो अनुभव भएका लामिछाने यस पटक पनि कुनै टोलीमा अनुबन्ध हुने सम्भावना प्रचुर रहेको छ ।दुई संस्करण मेलवर्न स्टारमा बिताएका सन्दीप दुई संस्करण होबार्ट हरिकेन्समा आबद्ध रहेका थिए ।

उनले पछिल्लो संस्करण होबार्टमा बिताएका थिए ।बीबीएलको आगामी सिजन डिसेम्बरबाट फेब्रुअरीसम्म आयोजना हुनेछ।बीबीएलको ईतिहासमा नै खेलाडी ड्राफ्ट पहिलो पटक हुदैछ।

बीबीएलको ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल रहेका छन् ।सन्दीप बिक्री हुने सम्भावना रहेको छ तर सुबास खकुरेलको सम्भावना भने काम रहेको छ।

यो पनि पढ्नुहोस्; नेपालले आज केन्या सँग तेस्रो खेल खेल्दै
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आइतबार घरेलु टोली केन्यासँग तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ ।तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज भने हुनेछैन । केन्या पनि नेपालविरुद्ध दोस्रो जितको खोजीमा हुनेछ ।

पाँच खेलको सिरिजमा नेपाल र केन्या १-१ को अवस्थामा रहेको छ ।बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।तर, शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

आज ज्ञानेन्द्रलाई बेञ्चमा राख्ने सम्भावना,यस्तो छ नेपालको सम्भावित प्लेइङ ११

Sun Aug 28 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आइतबार घरेलु टोली केन्यासँग तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ ।तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज […]

You May Like

error: