केन्यासँग पराजित भए पछि पूर्व कप्तान पारस खड्काले दिए मन छुने प्रतिक्रिया

काठमाडाैं।

केन्यासँगको दोस्रो टी-२० अन्तर्राष्ट्रियमा नेपाल १८ रनले पराजित भएको हो।हिजो भएको खेलमा घरेलु टिम केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भयो।आरिफ शेखले एक चौका र एक छक्का सहित २१ बलमा २५ रनको योगदान दिएका थिए।नेपालले सुरुवाती खबर गरेको थियो।नेपालका ओपनर पवन सराफले २६ बलमा १९ रनको योगदान दिएका थिए।

नेपाली टिमको उपकप्तान रोहित पौडेलले २५ बलमा २ चौका सहित २० रनको योगदान दिएका थिए। आदिल अनसारीले १३ बलमा एक चौका र एक छक्का सहित २० रनको योगदान दिए। बलिङमा केन्याका बुन्डी र लुकासले २-२ विकेट लिन सफल भए।

त्यसअघि नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले पहिले ब्याटिङ गरेको घरेलु टिम केन्याले ९ विकेटको क्षतिमा १३२ रन जोड्यो। केन्याका ओबुया ९ रनमा आउट भए। केन्याका राखेप पटेलले ३५ रनको योगदान दिए। इर्फान करिमले २२ रनको योगदान दिए।

सचिन भुडियाले १४ रन जोडे। नेहेमियाह ओधिम्बोले २० बलमा ३१ रनको योगदान दिएका थिए। बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए।

दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए।करण केसीले दुई विकेट लिए। पवन सराफले एक विकेट लिए। यसअघि नेपालले बिहीबार भएको पहिलो टी-२० खेलमा केन्यालाई ५ विकेटले पराजित गरेको थियो।

नेपाल केन्यासँग पहिलो पटक पराजित भए पछि पुन कप्तान पारस खड्काले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिएका छन्।

“अन्तर्राष्ट्रिय क्रिकेट सधैं प्रतिस्पर्धात्मक रह्यो।आफ्नो टोलीमा विश्वास गर्ने सबै फ्यानहरू बाक्लो र पातलो भएर टाँसिनेछन् र हामी त्यस्ता खेलका प्रेमीहरू पाउँदा धन्य छौं।

पराजय पचाउन सजिलो छैन तर नेपाल क्रिकेट हामीले जहाँबाट सुरु गर्‍यौं त्यहाँबाट लामो यात्रा तय गरिसकेको छ र हामीसँग अझ ठूलो उज्जवल लक्ष्य छ। राष्ट्रिय टोलीसँग जनताको अपेक्षाले सबैलाई आफ्नो अभिव्यक्तिको अधिकार दिन्छ तर चमत्कार, त्याग, दृढ संकल्प र धेरै र धेरै अभूतपूर्व परिश्रमका माध्यमबाट हामी यहाँसम्म आइपुगेका छौं भन्ने तथ्यलाई नबिर्सनुहोस्। आस्था र बिश्वास राख्नुहोस् कुरामा सुधार आउनेछ।हामी के माध्यमबाट जान्छौं मार्फत बढ्छौं।” पारस खड्काले लेखेका छन्।

सम्बाददाता

Leave a Reply

Next Post

पन्तबिरुद्द उर्वशीको अर्को बयान, बयानपछि फ्यानको निशानामा परे पन्त

Sat Aug 27 , 2022
काठमाडौँ । भारतीय टिमका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त आजकल आफ्नो खेल भन्दा फरक कुरालाई लिएर चर्चामा छन् । पन्तको नाम यसअघि पनि धेरै पटक बलिउड अभिनेत्री उर्वशी रौटेलासँग जोडिएको थियो । अहिले उनी र उर्वशीबीच सामाजिक सञ्जालमा लगातार चर्चा चलिरहेको छ । दुवैले पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा लगातार एकअर्कालाई […]

You May Like

error: