काठमाण्डौ।
घरेलु टोली केन्याले दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपाललाई जितका लागि १ सय ३३ रनको लक्ष्य दिएको छ ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनायो ।
केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्दा नेहिमिह ओधियाम्बोले २९ रन बनाए ।इरफान करिमले २२ रन जोड्दा सचिन भुडियाले १४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३/३ विकेट लिए ।करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज भने हुनेछैन ।बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।
केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ओभरमा ५ विकेटको १३३ रन बनाएर भेट्टायो ।नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए ।आरिफ शेख २४ रनमा अविजित रहदा आदील अन्सारी २ रनमा अविजित रहे ।ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए ।रोहित पौडेल १३ रनमा आउट हुँदा पवन सर्राफ १ रनमा आउट भए ।
केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास ओलुओचले अविजित ३० रन जोडे ।यस्तै नेल्सन ओढीयाम्बोले १९ रन जोड्दा सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन बनाए । राकिप पटेल ९ र एलेक्स ओबन्डा ६ रनमा आउट भए । कप्तान शेम एन्गोचे सुन्य रनमा आउट भए
नेपालको बलिङमा सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदील अन्सारी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । नेपालका लागि सोमपाल कामीले पहिलो विकेट दिलाएका थिए।पाँच खेलको सिरिजमा नेपाल १-० ले अघि रहेको छ ।
केन्या भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।नेपालले केन्याविरुद्ध भदौ १२ गते तेस्रो खेल खेल्नेछ । त्यस्तै दुई टोलीबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ ।
नेपालले आज प्लेईङ -११ मा एक खेलाडीलाई परीवर्तन गरेकाे छ। आज विवेक कुमार यादवको स्थानमा बासिर अहमदले मौका पाएका छन् ।हिजो विवेककुमार यादवले एक ओभरमा ७ रन बनाए थिए। बासिर अहमदले नेपाली क्रिकेटमा डेब्यू गरेका छन्।