कप्तान सन्दीपले गरे सोमपाल कामीको खुलेरै प्रशंसा

काठमाडौं ।

हाल केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी एकै पटक भने केन्या पुग्न पाएनन्।सोमबार ११ खेलाडीसहित प्रशिक्षक केन्याको राजधानी नैरोबी पुगेका थिए। तर पाँच खेलाडी, व्यवस्थापक र ट्रेनर भिसाको समस्याका कारण नेपालमै रोकिए।

एक दिनपछि भिसा आएपछि सोमपाल कामी र विवेक यादव बुधबार राति केन्या पुगेका थिए। त्यही दिन आदिल अन्सारी, बसिर अहमेद र सहाब अलाम केन्या पुगे।बुधबार राति मात्र सबै १५ खेलाडी जम्मा भएपछि नेपालले बिहीबार घरेलु टिम केन्याविरूद्ध पहिलो टी-२० खेल्यो।

खेलमा टस जितेर पहिले बलिङ रोज्यो। नेपालले घरेलु टिमलाई ८ विकेटको क्षतिमा १३० रनमा रोक्न सफल भयो।नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्ने क्रममा ३ विकेट लिए। उनले चार ओभरमा २२ रन खर्चिएका थिए।

दोस्रो ओभरमै नेपाललाई सफलता दिलाउने क्रममा सोमपालले केन्याका ओपनर एलेक्स ओवान्डालाई ६ रनमै बोल्ड गरेका थिए। उनले १९औं ओभरमा लगातार दुई बलमा विकेट लिएका थिए।सोमपालबाहेक कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे। १३१ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी पार गर्दै ५ विकेटको जित निकाल्यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३३ रन र आरिफ शेखले नटआउट २४ रन जोडे। खेलको प्लेयर अफ दि म्याच सोमपाल कामी भए। खेलको प्लेयर अफ दि म्याच भएसँगै कप्तान सन्दीप लामिछानेले सोमपालको प्रशंसा गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भिसा समस्याका कारण अघिल्लो रात मात्र केन्या आइपुगे। यहाँको कन्डिसनको बारेमा केही थाहा थिएन। तर पनि उत्कृष्ट स्पेलमा उनले आज बलिङ गरेका छ्न्। यो साँच्चै अद्वितीय छ।’

सोमपालसँगै अघिल्लो रात मात्र केन्या पुगेका विवेक यादव र आदिल अन्सारी पनि मैदान उत्रिएका थिए। सोमपालले नेपालका लागि अहिलेसम्म ३८ टी-२० खेलिसकेका छन्। जसमा उनले ३७ विकेट हात पारेका छन्।सिरिजमा नेपालले आज दोस्रो खेल खेल्दैछ। खेल अपरान्ह ३:४५ बजे सुरु हुनेछ।

सम्बाददाता

Leave a Reply

Next Post

पाकिस्तानका खेलाडी अफ्रिदीलाई भारतीय खेलाडीले भेटेको भिडिओ भाइरल (हेर्नुहोस भिडियो)

Fri Aug 26 , 2022
काठमाडौँ । एसिया कप टी-२० प्रतियोगिता शनिबारदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुँदैछ। प्रतियोगिताका खेल दुबई र शारजाहको मैदानमा हुनेछ्न्। प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, हङकङ र अफगानिस्तान सहभागी छन्। अफगानिस्तान र श्रीलंकाबीच शनिबार हुने खेलसँगै सुरु हुने प्रतियोगिता सेप्टेम्बर ११ सम्म चल्नेछ। भारत–पाकिस्तानबीचको खेल आइतबार हुँदैछ। रोहित शर्माको […]

You May Like

error: