काठमाण्डौ।
वेस्ट इण्डिजमा हिजो बिहीबा रदेखि सुरु भएको द सिक्स्टी प्रतियोगितामा नेपाली टिमका कप्तान सन्दीप लामिछानेको जमैका तल्लावाजले विजयी यात्रा गरेको छ । हिजो भएको आफ्नो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई ५५ रनले पराजीत गर्दै प्रतियगितामा विजय यात्रा सुरु गरेको छ ।
द सिक्स्टी प्रतियोगिताको दोस्रो खेल तथा जमैकाको पहिलो खेलमा जमैकाले टस हारेर पहिले ब्याटिङ गरेको थियो।जमैकाले १० ओभरमा सबै विकेट गुमाएर १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो।१४० रनको लक्ष्य पछ्याएको प्याट्रियट्सले ७.२ ओभरमा सबै विकेट गुमाएर मात्र ८४ रन बनाएको हो ।
प्याट्रियट्सका लागिडेवाल्ड ब्रेभिसले ११ बलमा सर्वाधिक ३४ रन बनाए ।यस क्रममा उनले पाँच छक्का प्रहार गरेका छन्।कप्तान इभन लुईसले ७ बलमा १५ रनको योगदान दिए।डारेन ब्रावोले१० बलमा ११ रनको योगदान दिएका छन्।
यस्तै क्रिस गेल ७ बलमा ९ रन बनाए। सन्दीपको टिम जमैकाका लागि मिगेल प्रिटोरियसले २ विकेट ।जेमी मर्चेन्टले २ विकेट लिए। क्रिस ग्रीन २ विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङ गरेको जमैकाले १० ओभरमा सबै विकेट गुमाएर १३९ रन बनाएको थियो।
जमैकाका लागि फाबियन आलेनले १८ बलमा ४५ रन बनाउँदै अर्धसतक बाट चुकेका छन् ।यस क्रममा उनले ५ छक्का र २ चौका प्रहार गरेका छन्।रेफन रिफरले १९ बलमा ४ छक्का र एक चौका सहित ३८ रनको योगदान दिए। कप्तान रोभम्यान पावेलले ३ चौका र ३ छक्का सहित ३२ रनको योगदान दिएका छन्।
नेपाली टिमका कप्तान सन्दीप लामिछाने केन्यासँगको टी–२० सिरिजका पछि जमैका टिममा फर्किने छन्। सन्दीप लामिछानेको कप्तानीमा नेपालले केन्या विरूद्ध पहिलो खेलमा जित हासिल गरेको छ।
५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ ।दोस्रो टी-ट्वान्टी आज गते बिहान ३:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ३:४५ बजे सुरु हुनेछ ।
चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ३:४५ बजे सुरु हुनेछ ।पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ३:४५ बजे सुरु हुनेछ ।सन्दीप केन्यासँगको टी–२० सिरिज सकाएर मात्र जमैकामा जाने छन्।