नेपालले आज केन्या विरूद्ध दोस्रो खेल खेल्दै,नेपाल दोस्रो जितको खोजीमा

काठमाण्डौ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार घरेलु टोली केन्यासँग दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज भने हुनेछैन ।बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ओभरमा ५ विकेटको १३३ रन बनाएर भेट्टायो ।नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए ।आरिफ शेख २४ रनमा अविजित रहदा आदील अन्सारी २ रनमा अविजित रहे ।ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए ।रोहित पौडेल १३ रनमा आउट हुँदा पवन सर्राफ १ रनमा आउट भए ।

केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास ओलुओचले अविजित ३० रन जोडे ।यस्तै नेल्सन ओढीयाम्बोले १९ रन जोड्दा सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन बनाए । राकिप पटेल ९ र एलेक्स ओबन्डा ६ रनमा आउट भए । कप्तान शेम एन्गोचे सुन्य रनमा आउट भए

नेपालको बलिङमा सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदील अन्सारी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । नेपालका लागि सोमपाल कामीले पहिलो विकेट दिलाएका थिए।पाँच खेलको सिरिजमा नेपाल १-० ले अघि रहेको छ ।

यता, केन्या भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।नेपालले केन्याविरुद्ध भदौ १२ गते तेस्रो खेल खेल्नेछ । त्यस्तै दुई टोलीबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ ।

टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।पहिलो एकदिवसीय खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु  हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालसँग पराजित भए पनि केन्याका कप्तान सेम एनगोचे भए खुसी

Fri Aug 26 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार घरेलु टोली केन्यासँग दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टिमले हिजो आफ्नो पहिलो टी-ट्वान्टी खेल खेल्दै छ। नेपालले घरेलु टोली […]

You May Like

error: