काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो टी-ट्वान्टी खेल खेल्दै छ। नेपालले घरेलु टोली केन्यालाई पराजित गरेर छ।केन्यालाई नेपालले ५ विकेटले हराएको छ।केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ओभरमा ५ विकेटको १३३ रन बनाएर भेट्टायो ।
नेपाली टिमका कप्तान सन्दीप लामिछानेले नेपालको जित पछि बलरको राम्रो प्रदर्शनले यी जित हासिल गरेको बताए । हामीले सोच अनुसार नै बलिङ गरेका छौं।सुरुवात मा सोमपाल दाइले विकेट दिलाउनु भयो ।यस विकेटले केन्यालाई सुरुवातमै दबाब भयो। थप रन बनाउने केन्यालाई गरो भयो।”
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए ।आरिफ शेख २४ रनमा अविजित रहदा आदील अन्सारी २ रनमा अविजित रहे ।ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए ।
रोहित पौडेल १३ रनमा आउट हुँदा पवन सर्राफ १ रनमा आउट भए । केन्याका लुकास ओलुओच र भिराज पटेलले २/२ विकेट लिए । नेहिमिहाले १ विकेट लिए ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास ओलुओचले अविजित ३० रन जोडे ।
यस्तै नेल्सन ओढीयाम्बोले १९ रन जोड्दा सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन बनाए । राकिप पटेल ९ र एलेक्स ओबन्डा ६ रनमा आउट भए । कप्तान शेम एन्गोचे सुन्य रनमा आउट भए ।
नेपालका सोमपाल कामीले २ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदील अन्सारी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । नेपालका लागि सोमपाल कामीले पहिलो विकेट दिलाएका थिए।
सोमपालले एलेक्स ओबान्डाको १० बलमा ६ रन बनाएदा आउट गरेका थिए। भने नेपालका लागि आदिल आलमले आफ्नो पहिलो ओभरको अन्तिम बलमा कोलिन्स ओबुयालाई ज्ञानेन्द्र मल्लको हात बाट क्याच आउट बनाएर आउट गरेका छन्।
कोलिन्स ओबुयाले ११ बलमा १२ रन बनाएर आउट भएका भए।नेपालका लागि कप्तान सन्दीप लामिछाने २ विकेट लिएका छन्। नेपालका लागि सोमपाल कामीले १ विकेट लिएका छन्। करण केसीले १ विकेट लिएका छन् ।आदिल आलमले १ विकेट लिएका छन्।
जितसँगै पाँच खेलको सिरिजमा नेपालले १-० को अग्रता बनाएको छ ।यस्तै नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाललाई आफ्नो पहिलो खेलमै जित दिलाएका छन् ।
५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ ।३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।
चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु हुनेछ ।