केन्याले दियो नेपाललाई मध्यम लक्ष्य,यी खेलाडीले गरे उत्कृष्ट बलिङ

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो टी-ट्वान्टी खेल खेल्दै छ। नेपाललाई घरेलु टोलीबीच केन्याले मध्यम लक्ष्य प्रस्तुत गरेको छ। नेपालले बलिङमा राम्रो सुरुवात गरेको थियो। केन्याले २० ओभरमा ८ विकेट गुमाएर नेपालसामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास ओलुओचले अविजित ३० रन जोडे ।

यस्तै नेल्सन ओढीयाम्बोले १९ रन जोड्दा सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन बनाए । राकिप पटेल ९ र एलेक्स ओबन्डा ६ रनमा आउट भए । कप्तान शेम एन्गोचे सुन्य रनमा आउट भए ।

नेपालका सोमपाल कामीले २ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदील अन्सारी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । नेपालका लागि सोमपाल कामीले पहिलो विकेट दिलाएका थिए।

सोमपालले एलेक्स ओबान्डाको १० बलमा ६ रन बनाएदा आउट गरेका थिए। भने नेपालका लागि आदिल आलमले आफ्नो पहिलो ओभरको अन्तिम बलमा कोलिन्स ओबुयालाई ज्ञानेन्द्र मल्लको हात बाट क्याच आउट बनाएर आउट गरेका छन्।

कोलिन्स ओबुयाले ११ बलमा १२ रन बनाएर आउट भएका भए।नेपालका लागि कप्तान सन्दीप लामिछाने २ विकेट लिएका छन्। नेपालका लागि सोमपाल कामीले १ विकेट लिएका छन्। करण केसीले १ विकेट लिएका छन् ।आदिल आलमले १ विकेट लिएका छन्।

नेपाल र केन्याबीचको टी–२० र एकदिवसीय सिरिजको प्रत्यक्ष प्रसारण हुने छ । केन्याको सिरिजको नेपालमा याक्सन स्पोर्ट्स एचडीले प्रत्यक्ष प्रसारण गर्नेछ । त्यस्तै, आईसीसी टीभी,भीयूस्पोर्ट् (VUSPORT),र WILLOW बाट पनि खेलको लाइभ हेर्न सकिन्छ।

नेपाली टिम आज केन्यालाई पराजित गरेर केन्या टूरको सुरुवात गर्ने सोचमा हुने छ।केन्यालाई पराजित गर्ने सजिलो भने छैन किन भने उसलाई आफ्नो घरेलु मैदानको साथ हुने छन्।केन्याले पनि आज नेपाललाई पराजित गरेर सिरिजको सुरुवात गर्ने दाउमा हुने छ।

५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ ।३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु  हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

केन्यामाथि नेपालको सानदार जित,यी खेलाडी बने जितको हिरो

Thu Aug 25 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो टी-ट्वान्टी खेल खेल्दै छ। नेपालले घरेलु टोली केन्यालाई पराजित गरेर छ।केन्यालाई नेपालले ५ विकेटले हराएको छ।केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ओभरमा ५ विकेटको १३३ रन बनाएर भेट्टायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए ।आरिफ शेख २४ […]

You May Like

error: