काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो टी-ट्वान्टी खेल खेल्दै छ। नेपालले र घरेलु टोलीबीच केन्या विरूद्ध टस जितेर पहिले फिल्डिङ गरेको नेपालले राम्रो सुरुवात गरेको छ। नेपालले आफ्नो छैठौ ओभरमा केन्याको दोस्रो विकेट लिएको छ।
नेपालका लागि आदिल आलमले आफ्नो पहिलो ओभरको अन्तिम बलमा कोलिन्स ओबुयालाई ज्ञानेन्द्र मल्लको हात बाट क्याच आउट बनाएर आउट गरेका छन्।
कोलिन्स ओबुयाले ११ बलमा १२ रन बनाएर आउट भएका भए। यस अघि नेपालका लागि सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए। सोमपालले एलेक्स ओबान्डाको महत्वपूर्ण विकेट लिएका हुन् ।
एलेक्स ओबान्डा १० बलमा ६ रन बनाएर आउट भएका हुन्। यो खबर तयार पार्दासम्म केन्याले ६ ओभरमा २ विकेट गुमाएर ३४ रन बनाएको छ।
नेपाल र केन्याबीचको टी–२० र एकदिवसीय सिरिजको प्रत्यक्ष प्रसारण हुने छ । केन्याको सिरिजको नेपालमा याक्सन स्पोर्ट्स एचडीले प्रत्यक्ष प्रसारण गर्नेछ । त्यस्तै, आईसीसी टीभी,भीयूस्पोर्ट् (VUSPORT),र WILLOW बाट पनि खेलको लाइभ हेर्न सकिन्छ।
नेपाली टिम आज केन्यालाई पराजित गरेर केन्या टूरको सुरुवात गर्ने सोचमा हुने छ।केन्यालाई पराजित गर्ने सजिलो भने छैन किन भने उसलाई आफ्नो घरेलु मैदानको साथ हुने छन्।केन्याले पनि आज नेपाललाई पराजित गरेर सिरिजको सुरुवात गर्ने दाउमा हुने छ।
नेपाल र केन्या बिच यस अघि अन्तिम भेट २०१३ मा भएको थियो।नेपाली र केन्या ९ वर्ष पछि हुँदै छ।नेपालले केन्या सँग हाल सम्म २ ओटा टि २० खेल खेलको छ।नेपाल केन्या माथि हावी हुँदै आएको छ।केन्या सँग भएको २ खेलमा नेपाल दुबै खेलमा जित हासिल गरेको थियो।
नेपाल र केन्याबीच पछिल्लो पटक आइसीसी टी–२० विश्वकप छनोटमा नोभेम्बर २०१३ मा खेलेका थिए । त्यस्तै, यी दुईबीचको पहिलो खेल २०१२ मा भएको थियो ।२०१२ मा भएको पहिलो खेलमा नेपालले केन्यालाई ६ विकेटले हराएको थियो।यस्तै आइसीसी टी–२० विश्वकप छनोटमा नोभेम्बर २०१३ मा भएको दोस्रो भेटमा नेपालले केन्यामाथि ५ विकेटले हराएको थियो।
५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ ।३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।
चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु हुनेछ ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान)ज्ञानेन्द्र मल्ल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, विवेककुमार यादव, करण केसी ,आदिल आलम र पवन सर्राफ