नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने, लाईभ हेर्ने सरल तरिका

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो टी-ट्वान्टी खेल खेल्दै छ। नेपालले र घरेलु टोलीबीच केन्या विरूद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।नेपाल र केन्या बीचको खेल नैरोवीस्थित जिमखाना मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

नेपाल र केन्याबीचको टी–२० र एकदिवसीय सिरिजको प्रत्यक्ष प्रसारण हुने छ ।केन्याको सिरिजको नेपालमा याक्सन स्पोर्ट्स एचडीले प्रत्यक्ष प्रसारण गर्नेछ । त्यस्तै, आईसीसी टीभी,भीयूस्पोर्ट् (VUSPORT),र WILLOW बाट पनि खेलको लाइभ हेर्न सकिन्छ।

नेपाली टिम आज केन्यालाई पराजित गरेर केन्या टूरको सुरुवात गर्ने सोचमा हुने छ।केन्यालाई पराजित गर्ने सजिलो भने छैन किन भने उसलाई आफ्नो घरेलु मैदानको साथ हुने छन्।केन्याले पनि आज नेपाललाई पराजित गरेर सिरिजको सुरुवात गर्ने दाउमा हुने छ।

नेपाल र केन्या बिच यस अघि अन्तिम भेट २०१३ मा भएको थियो।नेपाली र केन्या ९ वर्ष पछि हुँदै छ।नेपालले केन्या सँग हाल सम्म २ ओटा टि २० खेल खेलको छ।नेपाल केन्या माथि हावी हुँदै आएको छ।केन्या सँग भएको २ खेलमा नेपाल दुबै खेलमा जित हासिल गरेको थियो।

नेपाल र केन्याबीच पछिल्लो पटक आइसीसी टी–२० विश्वकप छनोटमा नोभेम्बर २०१३ मा खेलेका थिए । त्यस्तै, यी दुईबीचको पहिलो खेल २०१२ मा भएको थियो ।२०१२ मा भएको पहिलो खेलमा नेपालले केन्यालाई ६ विकेटले हराएको थियो।यस्तै आइसीसी टी–२० विश्वकप छनोटमा नोभेम्बर २०१३ मा भएको दोस्रो भेटमा नेपालले केन्यामाथि ५ विकेटले हराएको थियो।

५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ ।३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु  हुनेछ ।

नेपालको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, विवेककुमार यादव, आदिल आलम, पवन सर्राफ, करण केसी र सन्दीप लामिछाने (कप्तान)

सम्बाददाता

Leave a Reply

Next Post

केन्याविरूद्ध नेपालको उत्कृस्ट सुरुवात , सोमपालले दिलाए महत्त्वपूर्ण विकेट

Thu Aug 25 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो टी-ट्वान्टी खेल खेल्दै छ। नेपालले र घरेलु टोलीबीच केन्या विरूद्ध टस जितेर पहिले फिल्डिङ गरेको नेपालले राम्रो सुरुवात गरेको छ। नेपालका लागि सोमपाल कामीले, आफ्नो पहिलो ओभरको पाँचौं बलमा एलेक्स ओबान्डाको महत्वपूर्ण विकेट लिएका छन्। एलेक्स ओबान्डा १० बलमा ६ रन बनाएर […]

You May Like

error: