अब केही समय मात्र बाँकी नेपाल भर्सेस केन्या,यस्तो छ लाईभ हेर्ने सरल तरिका

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो टी-ट्वान्टी खेल खेल्दै छ।  ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपालले आज बिहीबार पहिलो खेल खेल्दैछ ।नेपाल र घरेलु टोलीबीच खेल नैरोवीस्थित जिमखाना मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

नेपाल र केन्याबीचको टी–२० र एकदिवसीय सिरिजको प्रत्यक्ष प्रसारण हुने छ ।केन्याको सिरिजको नेपालमा याक्सन स्पोर्ट्स एचडीले प्रत्यक्ष प्रसारण गर्नेछ । त्यस्तै, आईसीसी टीभी,भीयूस्पोर्ट् (VUSPORT),र WILLOW बाट पनि खेलको लाइभ हेर्न सकिन्छ।

नेपाली टिम आज केन्यालाई पराजित गरेर केन्या टूरको सुरुवात गर्ने सोचमा हुने छ।केन्यालाई पराजित गर्ने सजिलो भने छैन किन भने उसलाई आफ्नो घरेलु मैदानको साथ हुने छन्।केन्याले पनि आज नेपाललाई पराजित गरेर सिरिजको सुरुवात गर्ने दाउमा हुने छ।

नेपाल र केन्या बिच यस अघि अन्तिम भेट २०१३ मा भएको थियो।नेपाली र केन्या ९ वर्ष पछि हुँदै छ।नेपालले केन्या सँग हाल सम्म २ ओटा टि २० खेल खेलको छ।नेपाल केन्या माथि हावी हुँदै आएको छ।केन्या सँग भएको २ खेलमा नेपाल दुबै खेलमा जित हासिल गरेको थियो।

नेपाल र केन्याबीच पछिल्लो पटक आइसीसी टी–२० विश्वकप छनोटमा नोभेम्बर २०१३ मा खेलेका थिए । त्यस्तै, यी दुईबीचको पहिलो खेल २०१२ मा भएको थियो ।२०१२ मा भएको पहिलो खेलमा नेपालले केन्यालाई ६ विकेटले हराएको थियो।यस्तै आइसीसी टी–२० विश्वकप छनोटमा नोभेम्बर २०१३ मा भएको दोस्रो भेटमा नेपालले केन्यामाथि ५ विकेटले हराएको थियो।

नेपालले केन्यासँग  ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने छ । दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु  हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने, लाईभ हेर्ने सरल तरिका

Thu Aug 25 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो टी-ट्वान्टी खेल खेल्दै छ। नेपालले र घरेलु टोलीबीच केन्या विरूद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।नेपाल र केन्या बीचको खेल नैरोवीस्थित जिमखाना मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । नेपाल र केन्याबीचको टी–२० र एकदिवसीय […]

You May Like

error: