कुशल नहुँदा ओपनिङमा समस्या, यी खेलाडी हुन सक्छन आशिफको ओपनिङ जोडी

काठमाण्डौ।

केन्या भ्रमणमा रहेको नेपालले आज बिहीबार घरेलु पहिलो टी-ट्वान्टी खेल खेल्दैछ  ।जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ मा सुरु हुनेछ ।

नेपाली टिम आज केन्यालाई पराजित गरेर केन्या टूरको सुरुवात गर्ने सोचमा हुने छ। केन्यालाई पराजित गर्न सजिलो भने छैन किन भने उसलाई आफ्नो घरेलु मैदानको साथ हुने छ । केन्याले पनि आज नेपाललाई पराजित गरेर सिरिजको सुरुवात गर्ने दाउमा हुने छ।

नेपाल र केन्या बिच यस अघि अन्तिम भेट २०१३ मा भएको थियो। नेपाली र केन्या बिचमा खेल ९ वर्ष पछि हुँदै छ । नेपालले केन्या सँग हाल सम्म २ वटा टि २० खेल खेलको छ। नेपाल अहिलेसम्म केन्या माथि हावी हुँदै आएको छ। केन्या सँग भएको २ खेलमा नेपालले दुबै खेलमा जित हासिल गरेको थियो।

केन्याविरुद्ध नेपालका २ खेलाडी बाहेक १४ जनाको उपस्थिति रहने छ । तर, बुधबार बेलुका पुगेका सोमपाल कामी र विवेक यादव तथा बिहीबार बिहान केन्या पुगेका आदिल आलम लामो यात्राका कारण खेलमा नरहन सक्छन् ।

त्यस्तो रहेको अवस्थामा नेपालको प्लेईङ -११ यस किसिमको रहने छ । केन्याविरुद्धको पहिलो खेलमा उपलब्ध १४ खेलाडीलाई समेटेर नेपालले प्लेईङ ११ बनाउने छ ।

नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल वा देव खनाल मध्य एकले आसिफ शेखसँग ओपनिङ गर्ने सम्भावना रहेको छ। तेस्रो स्थानमा देव खनाल वा ज्ञानेन्द्र मल्ल एकले ओपनिङ गर्ने छन् र एकले तेस्रो स्थानमा ब्याटिङ गर्ने छन्। चौथो स्थानमा भने उपकप्तान रोहित पौडेल रहने सम्भावना रहेको छ ।

पाँचौं नम्बरमा दिपेन्द्र सिंह ऐरी तथा छैठौं स्थानमा अर्जुन साउद रहने सम्भावना रहेको छ । सातौं स्थानमा आरिफ शेख रहने सम्भावना रहेको छ । आठौं स्थानमा पवन सरार्फले मौका पाउदा नवौं नम्बरमा करण केसी रहने सम्भाबना रहेको छ ।

दशौँ नम्बरमा कप्तान सन्दीप लामिछाने रहँदा एघारौं स्थानमा किशोर महतो रहने सम्भाबना रहेको छ ।यदी देव, किशोर तथा अर्जुनले प्लेईङ११ मा मौका पाएमा तीनै जनाका लागि टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु खेल समेत रहने छ ।

नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख(विकेटकिपर),ज्ञानेन्द्र मल्ल,देव खनाल,रोहित पौडेल,दिपेन्द्र सिंह ऐरी,र्जुन साउद,आरिफ शेख,पवन सरार्फ,करण केसी, सन्दीप लामिछाने(कप्तान) र किशोर महतो

सम्बाददाता

Leave a Reply

Next Post

अब केही समय मात्र बाँकी नेपाल भर्सेस केन्या,यस्तो छ लाईभ हेर्ने सरल तरिका

Thu Aug 25 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो टी-ट्वान्टी खेल खेल्दै छ।  ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपालले आज बिहीबार पहिलो खेल खेल्दैछ ।नेपाल र घरेलु टोलीबीच खेल नैरोवीस्थित जिमखाना मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । नेपाल र केन्याबीचको […]

You May Like

error: