काठमाडौं।
बुधवार अल अमेरातमा भएको छनोटको ६ नम्बरको खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै हङकङ एसिया कप २०२२ को मुख्य चरणका लागि छनोट भएको छ । हङकङ तीनवटै खेल जितेर मुख्य प्रतियोगितामा आफ्नो एसिया कपमा छनोट भएको हो। हङकङ अब समुह ‘ए’ मा भारत र पाकिस्तानसँग जोडिनेछ ।
युएईले दिएको १४८ रनको मध्यम लक्ष्य हङकङले मात्र २ विकेट गुमाएर १९ ओभरमा पुरा गर्यो। हङकङलाई जिताउन यासिम मुर्ताजाले ४३ बलमा ७ चौका र १ छक्कासहित ५८ रन बनाए। कप्तान निजाकात खानले ३९ बलमा ५ चौकासहित ३९ रन बनाउँदा बाबर हायात २६ बल खेल्दै ३ छक्का र १ चौकासहित ३८ रनमा नटआउट रहे।
युएईका जुनाइद सिद्धिकी र बसिल हामेदले १-१ विकेट लिए पनि हार टार्न सकेनन्।
त्यसअघि ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले १९.३ ओभरमा अल आउट हुँदै १४७ रन बनाएको थियो। उसका लागि चुन्नाद गोपोयील रिजवानले सर्वाधिक ४९ रन बनाए। जावर फ्रारिडले ४१ रन जोडे।ओपनर मोहम्मद वासिमले १८ रन जोडे पनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
हंगकंगका लागि एहसान खान ४ विकेट लिए।आयुष शुक्ला ३ र एजाज खानले २ विकेट लिए। यूएईले १९.३ ओभरमा १४७ रनमा आउट गर्यो। युएईका कप्तान चुन्दनगापोयल रिजवानले ४४ बलमा ४९ रन बनाएर सर्वाधिक रन बनाए भने फरीदले २७ बलमा ४१ रन बनाए।
युएईलाई सस्तैमा रोक्न हङकङका इशान खानले सर्वाधिक ४ विकेट लिए। आयुश शुक्लाले ३ तथा आजिज खानले २ विकेट लिए।यो जितसँगै हङकङले ओमानमा जारी छनोटमा शतप्रतिशत जित निकाल्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने पक्का गरेको हो।
अघिल्लो संस्करणमा पनि भारत र पाकिस्तानसँगै समूह एमा परेकड्ड कङकङले दुबै खेल हार्दै समूह चरणबाटै बाहिरिएको थियो। यो पटक पनि युएईमा हुने एसिया कपमा हङकङले पाकिस्तान र भारतसँगै समूह एमा परेको छ।