काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान रोहित पौडेलको एकदिवसीय वरियता खस्किएको छ ।अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको एकदिवसीय ब्याट्सम्यानहरुको वरियतामा नेपालका रोहितको वरियता एक स्थान तल झरेको छ ।
यसअघि ८१औं स्थानमा रहेका रोहित कुमार पौडेल ८२ औं स्थानमा झरेका छन् । एकदिवसीयतर्फ पाकिस्तानका बाबर आजम पहिलो स्थानमा रहेको छन्। भने दक्षिण अफ्रिकाका रासि भान डेर डुसेन दोश्रो स्थानमा रहेको छन्।
दक्षिण अफ्रिकाकै क्विन्टन डी कक तेश्रो स्थानमा छन् ।यसैगरी चौथो स्थानमा पाकिस्तानका इमाम उल हक छन् भने भारतका विराट कोहली पाँचौं स्थानमा छन् ।
यो पनि पढ्नुहोस्: नेपालले आज केन्यासँग खेल्दै
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो टी-ट्वान्टी खेल खेल्दै छ। नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी आज बिहान ०३:४५ बजे नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।नेपाली टोलीमा भिसाको समस्य भएको कारण नेपाली टिमले केन्यामा सोमबार राति पुगेको ११ खेलाडीलाई मैदानमा लिएर उत्रिने छ।
नेपाली टिम आज केन्यालाई पराजित गरेर केन्या टूरको सुरुवात गर्ने सोचमा हुने छ।केन्यालाई पराजित गर्ने सजिलो भने छैन किन भने उसलाई आफ्नो घरेलु मैदानको साथ हुने छन्।केन्याले पनि आज नेपाललाई पराजित गरेर सिरिजको सुरुवात गर्ने दाउमा हुने छ।
नेपाल र केन्या बिच यस अघि अन्तिम भेट २०१३ मा भएको थियो।नेपाली र केन्या ९ वर्ष पछि हुँदै छ।नेपालले केन्या सँग हाल सम्म २ ओटा टि २० खेल खेलको छ।नेपाल केन्या माथि हावी हुँदै आएको छ।
केन्या सँग भएको २ खेलमा नेपाल दुबै खेलमा जित हासिल गरेको थियो।नेपाल र केन्याबीच पछिल्लो पटक आइसीसी टी–२० विश्वकप छनोटमा नोभेम्बर २०१३ मा खेलेका थिए ।
त्यस्तै, यी दुईबीचको पहिलो खेल २०१२ मा भएको थियो ।२०१२ मा भएको पहिलो खेलमा नेपालले केन्यालाई ६ विकेटले हराएको थियो।यस्तै आइसीसी टी–२० विश्वकप छनोटमा नोभेम्बर २०१३ मा भएको दोस्रो भेटमा नेपालले केन्यामाथि ५ विकेटले हराएको थियो।