आज केन्यासँग खेल्नु अघि नेपाली टिमलाई ठूलो झड्का

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज केन्याविरूद्ध आफ्नो पहिलो टि २० सिरिज खेल्दै छ।यो सिरिज खेल्ने अघि नेपाली टिमलाई ठूलो झड्का लागेको।समयस्यै भिसा नआउँदा पहिलो खेल तीन खेलाडीले गुमाउने भएको छन् । आक्रामक अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र साहब आलमले पहिलो टि२० आई खेल गुमाउने भएका छन् ।

नेपाल क्रिकेट संघ(क्यान)का क्रिकेट म्यानेजर विनोद दासले उनीहरु आज बिहान त्यसतर्फ जाने बताए ।’सोमपाल कामी र विवेक यादव हिजो बेलुका नै केन्या पुगेका छन् । आदिल आलम भने केन्याको समयअनुसार आज बिहान १० बजे पुग्नेछन्,’ दासले भने, ‘खेल १ बजेबाट सुरु हुने हुँदा टिममा उनीहरुको उपलब्धता रहन्छ । तर, उनीहरु खेल्ने नखेल्ने भने मुख्य प्रशिक्षक, कप्तान तथा टिम व्यवस्थापनले निर्णय लिने छ ।’

५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपालले आज बिहीबार पहिलो खेल खेल्दैछ । नेपाल र घरेलु टोलीबीच खेल नैरोवीस्थित जिमखाना मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ ।३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु  हुनेछ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो र विवेक यादव।

वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर साह।

सम्बाददाता

Leave a Reply

Next Post

किरणसहित १० खेलाडीलाई एन्फाले दियो अर्को ठूलो खुसीको खबर

Thu Aug 25 , 2022
काठमाण्डौ। नेपाली राष्ट्रिय फुटबल टोली अहिले मुख्य प्रशिक्षकविहीन छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नभएको समयमा एन्फाले कार्यवाहक मुख्य प्रशिक्षकको रूपमा अमेरिकी प्रशिक्षक प्रदीप हुमागाईलाई नियुक्त गरेको छ । हुमागाईले दुई वर्षअघि अमेरिकाको नागरिकता लिएका थिए । गत सिजन नेपाल सुपर लिग (एनएसएल) टोली ललितपुर सिटीमा प्रशिक्षकको रूपमा रहेका हुमागाईले […]

You May Like

error: