नेपाल भर्सेस केन्या भोलि ,यस्तो छ केन्याविरूद्ध ‘हेड टु हेड’ 

काठमाडौं।

नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार राती केन्या गएको छ।क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको थियो।तर नेपाली टिममा पुन फेरि भिसाको समस्या भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका केन्या भ्रमणका लागि १६ सदस्यीय टिमको सोमबार राति केन्या जानु पर्ने थियो तर भिसा नआएपछि ११ खेलाडीमात्र केन्याका लागि उडेका थिए।नेपाली क्रिकेट संघ (क्यान)ले केन्या भ्रमणका लागि १६ सदस्यीय टिमको घोषणा गरेको थियो ।

पुन केन्याको अनलाइन भिसा फम भरेको थियो।क्यानका अनुसार हिजो राति पुन भिसा फम भरेको क्यानले हिजो पहिलो चरणमा भिसा नआएका ७ मध्ये दुई खेलाडी सोमपाल कामी र विवेक यादवको भिसा आएर उनीहरु केन्या प्रस्थान गरिसकेको जानकारी समेत गराए ।

सोमपाल र विवेक साढे ११ मा त्यसतर्फ प्रस्थान गरेका छन्। ‘अन्यका लागि प्रकृया जारी रहेको छ । केन्याबाट प्रकृया नपुगेका कारण भिसा स्विकृत भएर आएको थिएन । अहिले हामीले सबै प्रकृया पुर्याएर पुन स्विकृतीका लागि पठाएकोमा दुई जनाको टिकट सहित स्विकृती आयो’ मल्लले भने।

यसै बीच नेपाली राष्ट्रिय क्रिकेट टिमले भोलि आफ्नो पहिलो टी-ट्वान्टी खेल खेल्ने छ।नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भोलि बिहान ११:४५ बजे नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।नेपाली टिमले केन्यामा सोमबार राति पुगेको ११ खेलाडीलाई मैदानमा लिएर उत्रिने छ।

हेड टु हेड 
नेपाल र केन्या बिच यस अघि अन्तिम भेट २०१३ मा भएको थियो।नेपाली र केन्या ९ वर्ष पछि हुँदै छ।नेपालले केन्या सँग हाल सम्म २ ओटा टि २० खेल खेलको छ।नेपाल केन्या माथि हावी हुँदै आएको छ।केन्या सँग भएको २ खेलमा नेपाल दुबै खेलमा जित हासिल गरेको थियो।

नेपाल र केन्याबीच पछिल्लो पटक आइसीसी टी–२० विश्वकप छनोटमा नोभेम्बर २०१३ मा खेलेका थिए । त्यस्तै, यी दुईबीचको पहिलो खेल २०१२ मा भएको थियो ।२०१२ मा भएको पहिलो खेलमा नेपालले केन्यालाई ६ विकेटले हराएको थियो।यस्तै आइसीसी टी–२० विश्वकप छनोटमा नोभेम्बर २०१३ मा भएको दोस्रो भेटमा नेपालले केन्यामाथि ५ विकेटले हराएको थियो।

सिरिजका बाँकी खेल तालिका र समय 
५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ ।३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु  हुनेछ ।

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो र विवेक यादव।

वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर साह।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाली खेलाडीको लागि आयो अर्को ठूलो अवसर

Wed Aug 24 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरु केन्या टूर पछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने भएका छन्।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता भदौमै हुने भएको छ । सरकारले गण्डकी प्रदेशमा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेर त्यसका प्रक्रियाहरु अघि बढेका छन् […]

You May Like

error: