नेपाली क्रिकेट टिमको लागि केन्याबाट भर्खर आयो ठूलो खुसीको खबर

काठमाडौं।

नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार राती केन्या गएको छ।क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको थियो।तर नेपाली टिममा पुन फेरि भिसाको समस्या भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका केन्या भ्रमणका लागि १६ सदस्यीय टिमको सोमबार केन्या जानु पर्ने थियो तर सोमबार भिसा नआएपछि ११ खेलाडीमात्र केन्याका लागि उडेका थिए।नेपाली क्रिकेट संघ (क्यान)ले केन्या भ्रमणका लागि १६ सदस्यीय टिमको घोषणा गरेको थियो ।

सोमबार ११ खेलाडीमात्र केन्याका लागि उडेका छ।बाँकी भिसा नआएपछि बसिर अहमद, शाहब आलम, आदि अलाम, विवेक यादव र सोमपाल कामी भने जान पाएनन् । व्यवस्थापक सुनील महासेठ तथा भारतीय ट्रेनर अब्दुल सतार पनि भिसा नआएपछि त्यसतर्फ जान पाएनन् ।

केन्याको अनलाइन भिसा फम भर्नुपर्ने रहेछ । सबैको एकै दिन भरेको हो ।क्यानले पैसा पनि तिरिएको थियो  । कसैको आधा घण्टा, दुई घण्टामा र कसैको एकदिनमा आयो । यी सात जनाको सोमबार सम्म आएको थियो’, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

यी ७ जनाको २ चरणमा भिसा आएको छ।क्यानका अनुसार हिजो राति पुन भिसा फम भरेको क्यानले हिजो पहिलो चरणमा भिसा नआएका ७ मध्ये २ खेलाडी र म्यानेजरको भिसा आएको छ ।अरु बाँकी ४ जनाको आज भर्खर भिसा आएको छ ।

सोमपाल कामी र विवेक यादव र म्यानेजर अहिले ११:४० मा कतार एयरवेजको फ्लाइटबाट दोहा हुदैं केन्या जादैं छन्। बाँकी अन्य ५ जनाको बेलुकासम्म उनीहरू पनि केन्या तर्फ लाग्ने सम्भावना रहेको छ।

नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी खेल भोलि बिहान ११:४५ बजे सुरु हुनेछ ।

दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु  हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

कोहलीका ‘शत्रु’ साबित हुँदै यी दुई विस्फोटक खेलाडी,छिट्टै टिमबाट खोस्न सक्छन ठाउँ

Wed Aug 24 , 2022
काठमाडौँ । एसिया कप २०२२ भारतका पूर्व कप्तान विराट कोहलीका लागि निकै महत्वपूर्ण हुने भएको छ । विराट कोहलीको खराब फार्मका कारण टीम इन्डियामा आफूलाई कायम राख्न कठिन चुनौती हुनेछ । यतिबेला टिमका धेरै खेलाडीले विराट कोहलीलाई कडा प्रतिस्पर्धा दिइरहेका छन् । यदि विराट कोहली एसिया कपमा पनि फर्ममा फर्किएनन् […]

You May Like

error: