नेपाल र केन्याबिचको खेल सर्ने सम्भावना उच्च,कहिलेबाट हुदैछ खेल?

काठमाडौं।

केन्या जाने नेपाली क्रिकेट टोलीका सबै सदस्यको भिसा अझै अन्योलमा छ । अघिल्लो दिन केन्यासँग ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र ३ एकदिवसीय शृंखला खेल्नका लागि नेपाली टोलीका १४ सदस्य नैरोबी लागे पनि ७ जनाको भिसा नआउँदा उनीहरू काठमाडौंमै रोकिएका थिए ।

व्यवस्थापक सुनील महासेठ, ट्रेनर भारतका अब्दुल सतार तथा ५ खेलाडी बसिर अहमद, शाहब आलम, आदिल अलाम, विवेक यादव र सोमपाल कामी भिसा नआएका कारण सोमबार जान पाएका थिएनन् । मंगलबार राति १० बजेसम्मको स्थितिमा व्यवस्थापक महासेठ, खेलाडी सोमपाल र विवेकको भिसा आएको छ ।

ट्रेनर सतार र तीन खेलाडीको भिसा अझै आइपुगेको छैन । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले मंगलबार रातभरमा सबै खेलाडीको भिसा आइसक्ने विश्वास दिलाए । ‘केन्या क्रिकेटले अघिल्लो दिन नै २४ घण्टाभित्र बाँकी रहेका सबैको भिसा आउने बताएको थियो, त्यहीअनुसार अहिले पालैपालो ३ जनाको भिसा आयो,’ उनले भने ‘हामीले सबैको एकै पटक भिसा एप्लाइ गरेका हौं, भिसा नआएकाको फलोअप गर्दा पेन्डिङ छ भनेर जवाफ आएको छ ।’

भिसा आएका ३ तीन जना कहिल्यै जाने भने निश्चित छैन । भिसा आएपछि सबैलाई एकै पटक प्रयास गरिने म्याननेजर दास बताउँछन् । नेपालले बिहीबार केन्यासँग शृंखलाको पहिलो खेलका रूपमा ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दै छ ।

मंगलबार रातभरमा बाँकी चारको भिसा आएमा सातै जनालाई बुधबार केन्या पठाउन सकिने उनले बताए । ‘केन्या क्रिकेटले भिसा नआएका ७ जनाको टिकट होल्ड गरेर राखेका छन् । भिसा आएको खण्डमा उनीहरू बुधबार साँझ नैरोबी पुग्नेछन्,’ दासले भने ।

तर चार जनाको भिसा नआएको खण्डमा शृंखला अन्योल बन्नेछ । मंगलबार साँझ नैरोबी पुगिसकेका १४ सदस्यीय टोलीमा ११ खेलाडी छन् । ११ खेलाडीको भरमा बिहीबार पहिलो खेल खेलिने सम्भावना नरहेको दास जनाउँछन् । नेपाली खेलाडी पुगेपछि मात्र खेल हुने भएकाले उनले निर्धारित तालिकालाई पुनर्तालिका गरिनसकेको बताए ।

दासले भने, ‘अहिलेसम्म तोकिएको तालिकाअनुसार नै यथावत् छ । पुनः तालिका गर्ने सम्भावना छैन, हाम्रा खेलाडी गएपछि मात्र खेल हुन्छ । केन्या क्रिकेटले भनेअनुसार नै हामी अगाडि बढेका थियौं, यसमा हाम्रो कुनै दोष छैन, त्यही भएर हाम्रो टिम पूरा भएपछि मात्र खेल्नेछ ।’

यस अघिको खेल तालिका अनुसार नेपालले ५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ ।३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।

नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भदौ ९ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु  हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाली क्रिकेट टिमको लागि केन्याबाट भर्खर आयो ठूलो खुसीको खबर

Wed Aug 24 , 2022
काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार राती केन्या गएको छ।क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको थियो।तर नेपाली टिममा पुन फेरि भिसाको समस्या भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका केन्या भ्रमणका लागि १६ सदस्यीय टिमको सोमबार केन्या जानु पर्ने थियो तर सोमबार भिसा […]

You May Like

error: