काठमाडौं।
ओमानमा जारी टि२० एसिया कप छनोटमा कुवेतले हंगकंग लागि विशाल लक्ष्य प्रस्तुत गरेको छ।सुरुवाती खराब गरेको कुवेतले अन्तिम उत्कष्ट ब्याटिङ गरेको थियो। कुवेतले हंगकंगलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ।कुवेतले सुरुवाती निकै खराब गरे,को थियो। कुवेतले ११ रन हुँदा आफ्नो पहिलो विकेट गुमाएको थियो।
१८ रन हुँदा दोस्रो विकेट गुमाएको थियो।२४ रन हुँदा तेस्रो विकेट गुमाएको थियो।तर कुवेतको लागि एडसन सिल्भाले अर्धसतक प्रहार गरे।उनले ३० बलमा ५६ रन बनाए।यस क्रममा उनले ६ छक्का र एक चौका प्रहार गरे।
मोहम्मद असलमले २८ बलमा २१ रन बनाए ।यस क्रममा उनले एक चौका प्रहार गरेका थिए।उस्मान पटेलले २२ बलमा १९ रनको योगदान दिए।यस क्रममा उनले २ चौका र एक छक्का प्रहार गरे।सैयद मोनिबले ६ बलमा अविजित १६ रनको योगदान दिए।यस क्रममा उनले २ छक्का प्रहार गरेका थिए।
यस अघि भएको खेलमा कुवेतले कीर्तिमान जित हासिल गरेको थियो ।यस अघिको खेलमा युएईले दिएको १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको कुवेतलले १९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
लिगको खेलपछि शीर्ष स्थानमा रहने टोलीले अगष्ट २७ देखि युएईमा हुने एसिया कप खेल्न पाउनेछन् । छनोटबाट जाने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
यो पनि पढ्नुहोस्: एसिया कपअघि भारतलाई ठूलो धक्का, के होला पाकिस्तानविरुद्ध भारतको हालत?
एसिया कपअघि भारतीय टोलीलाई ठूलो धक्का लागेको छ भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविड कोरोना पोजेटिभ देखिएपछि उनी एसिया कपमा हुने कि नहुनेमा अझै शंका छ । भारतीय टोली एसियन कपको लागि आज युएई जाँदैछ ।
एसिया कप यही शनिबार अर्थात अगस्ट २७ गतेबाट सुरु हुँदैछ र भारतको पाकिस्तानसँगको खेल २८ गते हुँदैछ । भारतका मुख्य प्रशिक्षक राहुल द्रविड पनि वेस्ट इन्डिजविरुद्धको सिरिजपछि ब्रेकमा छन् ।
एकदिवसीय सिरिज खेल्न जिम्बाब्वे पुगेको केएल राहुलको नेतृत्वमा रहेको टोलीलाई राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)का निर्देशक भीभीएस लक्ष्मण प्रशिक्षकका रुपमा साथमा थिए । केएल राहुल र भिभीभीएस लक्ष्मणले जिम्बावेविरुद्ध क्लिन स्वीप गरेका थिए ।
एसिया कप युएईमा अगस्ट २७ बाट सुरु हुँदैछ । अगस्ट २८ मा भारतले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने छ । नेपाली समय अनुसार यो खेल साँझ ७.४५ बजे हुने छ । टीम इण्डियाका लागि कठिन कुरा यो हो कि राहुल द्रविड अब कोरोना पोजिटिभ भएका छन् ।
यस्तो अवस्थामा उनलाई एसिया कपमा टीम इन्डियासँग उपस्थित हुन निकै गाह्रो हुन सक्छ ।किनभने जबसम्म उनी नेगेटिभ र त्यसपछि फिट हुँदैनन् तबसम्म उनी टोलीमा आउन सक्ने छैनन्।
यस्तो अवस्थामा एसिया कपमा राहुल द्रविडको सट्टा भिभिएस लक्ष्मण टोलीसँग यात्रा गर्नेछन्, त्यो ठूलो प्रश्न हो ।एसिया कपका लागि भारतीय टोलीको रोहित शर्माले गर्ने छन्।