नेपाली क्रिकेट टिमलाई अर्को ठूलो झड्का

काठमाडौं।

नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हिजो राती केन्या गएको छ।क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो ।तर नेपाली टिममा पुन फेरि भिसाको समस्या भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका केन्या भ्रमणका लागि १६ सदस्यीय टिमको हिजो केन्या जानु पर्ने थियो तर हिजो भिसा नआएपछि ११ खेलाडीमात्र केन्याका लागि उडेका थिए।नेपाली क्रिकेट संघ (क्यान)ले केन्या भ्रमणका लागि १६ सदस्यीय टिमको घोषणा गरेको थियो ।

हिजो ११ खेलाडीमात्र केन्याका लागि उडेका छ।बाँकी भिसा नआएपछि बसिर अहमद, शाहब आलम, आदि अलाम, विवेक यादव र सोमपाल कामी भने जान पाएनन् । व्यवस्थापक सुनील महासेठ तथा भारतीय ट्रेनर अब्दुल सतार पनि भिसा नआएपछि त्यसतर्फ जान पाएनन् ।

‘केन्याको अनलाइन भिसा फम भर्नुपर्ने रहेछ । सबैको एकै दिन भरेको हो । पैसा पनि तिरिएको छ । कसैको आधा घण्टा, दुई घण्टामा र कसैको एकदिनमा आयो । यी सात जनाको हिजो सम्म आएको छैन’, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

‘आज हामीले पुन भिसा पठाउँदैछौं । उता केन्या दुतावासमा हिजोदेखि कुरा भएको छ । जबसम्म भिसा आउन्न तबसम्म जान पाइन्न । हामी त आजनै पठाउने तयारी गरेका छौं । पर्सी त पहिलो खेल नै छ’, मल्लले भने ।

प्रशान्त विक्रम मल्लले नेपलको पूरै टिम केन्या नपुगेसम्म सिरिजका खेल नहुने बताए ।उनी भन्छन्  ‘जबसम्म पूरै टिम केन्या नपुगेसम्म खेल हुँदैन,’ ।

यता क्यानका म्यानेजर विनोद दासले खेल सर्ने हाम्रो हातमा नभएको बताएका छन्।उनी  भन्छन्  ‘क्रिकेट केन्याले हामीलाई के भनेर पठाउँछ त्यसमा सिरिज सर्ने वा नसर्ने भरपर्छ । त्यो जवाफबाट हामीपनि सन्तुष्ट हुनपर्यो । हामी केन्या क्रिकेटको जवाफको पखाईमा छौं’, दासले भने ।

नेपालमा एल्लो फिभर भ्याक्सिन नभएका कारण दिल्लीबाट डाक्टरसहित मगाएर क्यान जाने नेपाली टोलीलाई यो भ्याक्सिन लगाइएको थियो ।केन्या भ्रमणमा नेपालले पाँच टी-२० आई र तीन एकदिवशीय खेल खेल्नेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको १६ सदस्यीय नेपाली टोली केन्या जानेछ ।नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले पनि यही भ्रमणबाट आफ्नो जिम्मेवारी सुरुवात गर्दैछन् ।

५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ ।३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।

नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भदौ ९ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु  हुनेछ ।

तलको टिमलाई जित्दा वरीयता सुधार्न धेरै अंक नपाए पनि यसले सहयोग पुग्ने उनले बताए । प्रशिक्षक प्रभाकरका लागि पनि खेलाडीलाई नजिकबाट चिन्ने मौका हुने चन्दले बताए । २०२४ को टी-२० विश्वकपका लागि अहिलेदेखि तयारी गर्नुपर्ने उनले बताए ।

कप्तान सन्दीप लामिछाने केन्याबाटै क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट ईन्डिज जानेछन् । सीपीएलमा उनी जमैका तल्हवाजबाट खेल्नेछन् । नेपाल टी-२० लिग समयमै भएमा नेपाल फर्कने उनले बताए ।नेपाली टोलीमा अर्जुन साउद नयाँ अनुहारका रुपमा छन् ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो र विवेक यादव।

वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर साह।

सम्बाददाता

Leave a Reply

Next Post

कुवेतले दियो हंगकंगलाई विशाल लक्ष्य,एडसन सिल्भाले गरे छक्काको वर्षा

Tue Aug 23 , 2022
काठमाडौं। ओमानमा जारी टि२० एसिया कप छनोटमा कुवेतले हंगकंग लागि विशाल लक्ष्य प्रस्तुत गरेको छ।सुरुवाती खराब गरेको कुवेतले अन्तिम उत्कष्ट ब्याटिङ गरेको थियो। कुवेतले हंगकंगलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ।कुवेतले सुरुवाती निकै खराब गरे,को थियो। कुवेतले ११ रन हुँदा आफ्नो पहिलो विकेट गुमाएको थियो। १८ रन हुँदा दोस्रो विकेट […]

You May Like

error: