काठमाडौं।
नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ आज नेपाल फर्किएका छन् । सेप्टेम्बर २७ मा बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि उनी नेपाल आएका हुन्। उनी तुरुन्तै राष्ट्रिय टोलीको प्रशिक्षण शिविरमा सहभागी हुनेछन् ।किरण र कन्चन निरौला अर्को साता वैवाहिक बन्धनमा बाँधिने भएका छन्।
नेपाल आएका राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ वैवाहिक बन्धनमा बाँधिने तयारीमा रहेको छन् ।माजिया स्पोर्टस् एण्ड रिक्रिएसन सेन्टरबाट खेल्दै माल्दिभ्सको धिवेही प्रिमियर लिग जितेको खुसीयाली मनाउने क्रममा साउन १७ गते किरणले प्रेमिका कन्चन निरौलालाई विवाहको प्रस्ताव राख्दै औंठी लगाइदिएका थिए ।
किरण आबद्ध क्लब माजिया एससीले सिजनको उपाधि जित्न सफल भएको थियो भने उनी लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भएका थिए।
किरणले खुसी यतिमा मात्र सीमित राखेनन्।क्लबका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लागेका थिए।त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चन निरौलालाई सबै सहकर्मीका अघि औंठी लगाइदिए, विवाह प्रस्ताव राखे।
किरणले यसो गर्दा सबै खेलाडीले ताली बजाएर साथ दिएका थिए।कञ्चन पेशाले एयरहोस्टेज हुन्।केही वर्षदेखि प्रेममा रहेका उनीहरूको यो वर्ष विवाह गर्ने योजना छ। किरणले आफ्ना नजिकका साथीसँग यो वर्ष विवाह गर्ने बताएका छन्।
माल्दिभ्सको राजधानी मालेमा प्रेमिका निरौलालाई औंठी लगाइदिएको भिडिओ किरणले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।भिडिओ पोस्टमा उनले प्रेमिकाको प्रशंसा गर्दै आफ्नो जीवनमा आएकोमा धन्यबाद दिएका छन्।अब किरण चेम्जोङ केही दिनमा नै नेपाली टिमको प्रशिक्षण शिविरमा सहभागी हुनेछन् ।
बन्द प्रशिक्षणमा बोलाइएका ४० खेलाडीहरुः
गोलकिपर्सः किरन चेम्जोङ, दिप कार्की, बिकेश कुथु, बिशाल श्रेष्ठ
डिफेन्डर्सः अनन्त तामाङ, रोहित चन्द, बिकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, बिकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रजिन धिमाल, निशान खड्का, अमित तामाङ
मिडफिल्डर्सः संजोग राई, पुजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, अरिक बिष्ट, सेसेहाङ आङदेम्बे, सुदिप गुरुङ, बिशाल राई, मनिष डाँगी, सुरज जियु ठकुरी, सुवास गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन बिष्ट
फरवार्डसः बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आशिष चापागाईं, अभिषेक रिजाल, भरत खवास