काठमाडौं।
नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हिजो राती केन्या गएको छ।क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो ।तर नेपाली टिममा पुन फेरि भिसाको समस्या भएको छ ।
भिसाको समस्याले गर्दा ५ खेलाडीसहित ७ जना अझै केन्या गएको छैन।भिसा आज मगंलबार आउने सम्भावना रहेको छ।टिम व्यवस्थापक सुनील महासेठ, ट्रेनर अब्दुल सतार र ५ खेलाडी बसिर अहमद, शाहब आलम, आदिल अलाम, विवेक यादव र सोमपाल कामी भिसा नभएका कारण नेपाली टिमसगैं सोमबार केन्या जान पाएनन् ।
‘भिसा नआएका सात जना मंगलबार केन्या उड्ने तालिका छ । भिसा मगंलबार आउनेमा विश्वास लिएका छौं । एल्लो फिभरको भ्याक्सिन कार्ड अपलोड नभएका कारण भिसा नआएको हो । अफ्रिकी क्षेत्रमा जान यो भ्याक्सिन अनिवार्य छ । भिसा अनलाइन अप्लाइ गरेका थियौं, केन्या बोर्डले सोमबार दिउँसोसम्म आइपुग्छ भनेको थियो तर आएन, मंगलबार बिहान आउँछ भनेर खबर गरेको छ ।’, क्यान अध्यक्ष चतुरबहादुर चन्द ।
नेपालमा एल्लो फिभर भ्याक्सिन नभएका कारण दिल्लीबाट डाक्टरसहित मगाएर क्यान जाने नेपाली टोलीलाई यो भ्याक्सिन लगाइएको थियो ।केन्या भ्रमणमा नेपालले पाँच टी-२० आई र तीन एकदिवशीय खेल खेल्नेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको १६ सदस्यीय नेपाली टोली केन्या जानेछ ।नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले पनि यही भ्रमणबाट आफ्नो जिम्मेवारी सुरुवात गर्दैछन् ।
५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ ।३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।
नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भदौ ९ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।
दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।
पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु हुनेछ ।
तलको टिमलाई जित्दा वरीयता सुधार्न धेरै अंक नपाए पनि यसले सहयोग पुग्ने उनले बताए । प्रशिक्षक प्रभाकरका लागि पनि खेलाडीलाई नजिकबाट चिन्ने मौका हुने चन्दले बताए । २०२४ को टी-२० विश्वकपका लागि अहिलेदेखि तयारी गर्नुपर्ने उनले बताए ।
कप्तान सन्दीप लामिछाने केन्याबाटै क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट ईन्डिज जानेछन् । सीपीएलमा उनी जमैका तल्हवाजबाट खेल्नेछन् । नेपाल टी-२० लिग समयमै भएमा नेपाल फर्कने उनले बताए ।नेपाली टोलीमा अर्जुन साउद नयाँ अनुहारका रुपमा छन् ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो र विवेक यादव।
वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर साह।