नेपाल र केन्याबिचको खेलको नेपालमा प्रत्यक्ष प्रशारण हुने,यसरी हेर्न सकिन्छ लाईभ

काठमाडौं।

नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो । केन्या भ्रमणमा नेपालले पाँच टी-२० आई र तीन एकदिवशीय खेल खेल्नेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको १६ सदस्यीय नेपाली टोली केन्या जानेछ ।नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले पनि यही भ्रमणबाट आफ्नो जिम्मेवारी सुरुवात गर्दैछन् ।

५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ ।३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।नेपालको खेल लाईभ हुने भएको छ।नेपालले केन्या बीचको खेल नेपालका Action Sports HD ले दिने भएको छ।WILLOW र आईसीसी टीभी लबाट पनि खेलको लाइभ हेर्न पाइनेछ ।

नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भदौ ९ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु  हुनेछ ।

तलको टिमलाई जित्दा वरीयता सुधार्न धेरै अंक नपाए पनि यसले सहयोग पुग्ने उनले बताए । प्रशिक्षक प्रभाकरका लागि पनि खेलाडीलाई नजिकबाट चिन्ने मौका हुने चन्दले बताए । २०२४ को टी-२० विश्वकपका लागि अहिलेदेखि तयारी गर्नुपर्ने उनले बताए ।

कप्तान सन्दीप लामिछाने केन्याबाटै क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट ईन्डिज जानेछन् । सीपीएलमा उनी जमैका तल्हवाजबाट खेल्नेछन् । नेपाल टी-२० लिग समयमै भएमा नेपाल फर्कने उनले बताए ।नेपाली टोलीमा अर्जुन साउद नयाँ अनुहारका रुपमा छन् ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो र विवेक यादव।

वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर साह।

केन्या टोली:

सनिता एलेक्स ओबान्डा, सुकदीप सिघ, इरफान करिम (डब्ल्यूके), राकेप पटेल, कोलिन्स ओबुया, साची बुधिया, नेल्सन ओडिआम्बो, इमानुएल बुन्डी, युजेन ओचिएंग, व्राज पटेल, एलिजा ओटिएनो, शेम न्गोचे (सी), लुकास ओलुच, नेहेम्याह ओधियाम्बो

सम्बाददाता

Leave a Reply

Next Post

गिलको सानदार सतकमा जिम्बाब्वे बिरुद्द भारतको जित, सिरिजमा क्लिनशिप

Mon Aug 22 , 2022
काठमाडौँ । भारतीय टोलीले जिम्बाब्वेलाई एकदिवसीय सिरिजमा ३–० ले पराजित गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा टीम इन्डिया १३ रनले विजयी भएको छ । हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतीय टोलीले ८ विकेट गुमाएर २८९ रन बनाएको थियो । यसपछि सिकन्दर रजा (११५) […]

You May Like

error: