काठमाडौं ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफ क्लबले फराकिलो जित निकालेको छ।शनिबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० गोल अन्तरले पराजित गरेको हो ।
एपिएफको जितमा सावित्रा भण्डारीले ५ गोल गरिन् । उनले १८ मिनेटमा नै ह्याट्रिक पूरा गरिन् । एपिएफको जितमा सरु लिम्बुले ह्याट्रिक पूरा गर्दा अनिता केसी र रविना गोलेले २-२ गोल गरे । गीता राना, मनमाया लिम्बु, सविता रानामगर र प्रिती राईले पनि १-१ गोल थपे ।
खेलको ५ औं मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन । लगत्तै खेलको ९ औं मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरिन् ।
खेलको १३ औं मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गरिन भने १८ औं मिनेटमा सावित्राले टोलीका लागि चौथो गोल गदै ह्याट्रिक पूरा गरिन् ।
खेलको १९ औं मिनेटमा सरु लिम्बुले पाँचौ गोल गरिन भने २१ औं मिनेटमा प्रिति राईले छैँटौँ गोल गरिन । २७ औं मिनेटमा अनिताले, ३६ औं मिनेटमा सरुले, ४५ औं मिनेटमा सावित्रा व्यक्तिगत चौथो गोलसँगै टोलीलाई ९ गोलको अग्रता दिलाईन ।
सविता रानाले पहिलो हाफको इन्जुरी समयमा एपीएफका लागि १० औं गोल गरिन ।खेलको ४८ औं मिनेटमा सरु लिम्बुले ह्याट्रिक पूरा गदै टोलीका लागि ११ औं गोल गरिन । ५२ औं मिनेटमा सावित्राले गोल गरिन्।
भने ६१ औं मिनेटमा मनमाया लिम्बुले, ७१ औं मिनेटमा गिता रानाले र खेलको ८३ औं र ८६ औं मिनेटमा रविना गोलेले टोलीका लागि १५ औं र १६ औं गोल गरिन ।
एपिएफले यसअघि पहिलो खेलमा प्रदेश-१ लाई ७-१ ले पराजित गरेको थियो । महिला फुटबलमा आज दोस्रो खेलमा गण्डकी र प्रदेश १ खेल्नेछन् । अन्तिम खेल बागमती र लुम्बिनीबीच हुनेछ ।