केन्या जानु अघि नेपाली टिमको ब्याटिङ र आफ्नो आफ्नो पहिलो कप्तानी बारे यस्तो भन्छन रोहित

काठमाडौं 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान रोहित पौडेलले केन्या भ्रमण खस्किएको नेपाली ब्याटिङको क्षमता परिक्षणको रुपमा रहने बताएका छन् ।केन्या भ्रमणमा निस्कनु अघि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाइपछि कुरा गर्दै उपकप्तान रोहितले भ्रमणमा नेपाली ब्याटिङको स्तर जाँच हुने बताए ।

‘यस टुर नेपालको ब्याटिङ कुन स्तरमा रहेको छ । त्यसको बारेमा जानकारी लिन महत्वपुर्ण रहन्छ,’ रोहितले भने, ‘नेपाली टोलीले मुख्य प्रतियोगिता अघि यस टुर गरेर ब्याटिङमा हामी कता रहेछौ भनेर जानकारी मिल्छ ।’

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली आज नै केन्या भ्रमणका लागि निस्किएको छ ।पूर्व कप्तान ज्ञानेन्द्र मल्लको आगमनबाट टोलीले पछिल्लो समय गुमाएको अनुभवको परिपूर्ति हुने समेत उनले बताए ।

नेपालले ५ टीट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिजका लागि केन्या भ्रमणमा निस्किएको हो ।रोहितले ३ खेलको एकदिवसीय खेलमा भने नेपालको कप्तानी गर्ने छन् । नियमित कप्तान सन्दीप लामिछाने ५ खेलको टीट्वान्टी सिरिज पश्चात क्यारेवियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज जाने छन् ।

कप्तान सन्दीप लामिछानेले केन्या भ्रमण महत्वपूर्ण रहको बताए । उनले भने, ‘नयाँ खेलाडी र केहीको पुनरागमन छ । नयाँ प्रशिक्षकको प्रशिक्षणमा खेल्न उत्साहित छन् । अपेक्षा अनुसार नै नतिजा ल्याउनेछौं ।’

यो रोहितको राष्ट्रिय टिमका लागि पहिलो कप्तानी अनुभव समेत रहने छ ।कप्तानको भुमिकामा रहँदा टिमको लागि आफुले दिने योगदानमा कमी नहुने पौडेलले बताए ।

‘केन्याको फरक वातावरणमा सबै जना पहिलो पटक खेल्न जादैछौ,’ पौडेलले भने, ‘यो भ्रमण नेपाली ब्याटरका लागि भने परिक्षणको विषय रहने छ ।’टोलीको लागि आवश्यता परेमा आफु जुनसुकै स्थानमा ब्याटिङका लागि तयार रहेको उनले बताए ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो र विवेक यादव।

वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर साह।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाल र केन्याबिचको खेलको नेपालमा प्रत्यक्ष प्रशारण हुने,यसरी हेर्न सकिन्छ लाईभ

Mon Aug 22 , 2022
काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो । केन्या भ्रमणमा नेपालले पाँच टी-२० आई र तीन एकदिवशीय खेल खेल्नेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको १६ सदस्यीय नेपाली टोली केन्या जानेछ ।नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले […]

You May Like

error: